एमालेबाट घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि ६ महिना निलम्बित

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई निलम्बन गरेको छन् ।
पाण्डे र भुषालले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।
यसअघि अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बित गरेका थिए ।
अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने अध्यक्ष ओलीले निलम्बन पत्रमा उल्लेख गरेका छन् । उनले सच्चिनका लागि यो अन्तिम मौका भएको पनि ओलीले पत्रमा उल्लेख गरेका छन् । देशसन्चारमा समाचार छ । 

यस्ताे छ पत्र: