सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सन्धिखर्क शाखाले अभिकर्ता सम्मान तथा आधारभूत अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सन्धिखर्क शाखाले अभिकर्ता सम्मान तथा आधारभूत अभिकर्ता तालिम सन्धिखर्कमा सम्पन्न गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका गुल्मी शाखा प्रमुख तथा एबिएम खुमलाल अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि अर्यालले बीमाको इतिहास, बिकासक्रम, बीमाका आधारभूत सिद्धान्तहरू, बीमालेखका शर्तहरू, जोखिम व्यबस्थापन, बीमाको महत्व , बीमा प्रकारहरू, आवश्यक कागजातहरू, बीमागर्ने प्रकृया, बीमाशुल्क दर, क्षेत्रगत बीमाका बिषयहरूको बिस्तृत ज्ञान, दावी प्रकृया, बीमा अभिकर्ताबारे कानूनी व्यबस्था, आचार सहिंता, लगायत आदिको बिसयमा जानकारी दिनुभयो ।
उहाँले तालिमले आइएमई लाइफ इन्स्योेन्स कम्पनीको व्यबसाय अभिबृद्धिको साथै अभिकर्ताको माध्यमबाट स्वरोजगारको कार्यक्रममा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै सन्धिखर्क शाखा प्रमुख बोम बहादुर छेत्रीले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने बताउनुभयो ।
तालिमको अबसरमा सन्धिखर्क शाखाबाट उत्कृष्ट ब्यबसाय गर्ने एजेन्सी तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो ।
जिल्लामा कार्यरत सक्रिय अभिकर्ताहरुको सहभागितामा तलिम सम्पन्न भएको हो ।
सन्धिखर्क शाखा प्रमुख बोम बहादुर छेत्रीको अध्यक्षता एंव कर्मचारी विक्रम पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीले हाल बाल उज्जवल जीवन बीमा, बाल उमंग जीवन बीमा, धनसरीता जीवन बीमा, सरल सावधिक जीवन बीमा, आजिवन जीवन बीमा, बैदेशिक रोजगार म्यादी जीवन बीमा, सवल धनवद्र्धन , धनबृक्ष लगायतका दर्जनौँ बीमा योजनाहरु बजारमा ल्याएको छ ।
नेपालमा हाल कम्पनीका शाखा तथा उपशाखा गरी १२५ भन्दा बढी स्थानमा कार्यालयहरु स्थापना गरेको छ ।