बझाङका किशोरी तथा महिलाहरु छाउ गोठमा बस्न छाडे, दिनचर्या बदलिदै
चैत्र २० गते, २०७७ मा प्रकाशित
डिवि विष्ट इमेज च्यानल
बझाङ । लामो समय छाउगोठमा बस्दाको पिडा भोगेकी खप्तडछान्ना गाउँपालिकाकी भगवती खड्कालाई आफू घर भित्रै बसौला भनेर कल्पना सम्म थिएन् । छाउगोठमा बस्दा पाएको दुख त छदै छ, आफूबाटै जन्मेका नाबालकहरुले समेत दुख भोग्नु परेको तितो अनुभव उनीसँग छ । तर अहिले भने उनी आफ्नै सुत्ने कोठामा ढुक्कसँग निदाउन पाएकी छन् । यहाँका अधिकांस महिलाहरुले महिनावारी हुँदा छाउगोठमै सुत्नु पर्ने बाध्यता थियो । त्यसमा पनि छाउगोठ भरी पानी भरीएको हुन्थ्यो र त्यसैमा रात कटाउने पर्ने बाध्यता थियो । तर अहिले बिस्तारै दिनचर्या बदलिदै गएको छ ।
महिनावारी हुँदा सुत्न नपाएको र खाने कुरापनी नुनसंग मात्र खानु पर्ने बाध्यता खेपेकी खप्तड छान्ना गाउपालिका ३ की महिला स्वास्थय स्वयम् सेविका औला देवि रावलको अनुभव छ । अहिले भने यहाँका सबै महिलाहरुले पोषिलो खाने कुरा खाने र छाउ भएको बेला आफु सुत्ने कोठामा नै सुत्ने गरेको उन्को भनाई छ ।
लामो समयसम्म छाउपडी प्रथाले जरो गाडेको बझाङमा अहिले विभिन्न स्थानीय निकाय र सबैको सहकार्यमा छाउपडी प्रथामा क्रमिक सुधार हुँदै गएको हो । बझाङमाम मात्र बनेको १ सय ४३ वटा छाउ गोठहरु नेपाल प्रहरीले भत्काईसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक रुपक खड्काले बताउनु भयो ।
छाउ भएको समयमा छाउ गोठमा बस्ने महिला वा बस्न लगाउने अभिभावकलाई ३ महिना कैद वा ३ हजार रुपैया जरीवाना वा दुबै सजाय हुने कानुनी ब्यावस्था छ । तर जिल्ला प्रहरी कार्यलयमा भने पछिल्लो समय त्यस्तो उजुरी अहिले सम्म परेको छैन । यहाँका १२ वटा स्थानीय तहहरु मध्ये अहिले सम्म बुंगल नगरपालिका मात्रै छाउगोठ मुक्त नगरपालिका घोषणा भएको छ । महिनावारी नबार्दा अनिष्ठ हुने, देवि देउता रिसाउने बंस नै नास हुने भन्ने जस्ता अन्धविश्वासका कारण यो प्रथाले जोरो गाडेको हो । त्यसैले यस्ता भ्रम मुक्त गर्न र छाउपडी प्रथा अन्त्यका लागी ग्रामीण तह सम्म सचेतना मुलक कार्यक्रमहरु लैजान जरुरी छ ।