अर्घाखाँचीमा देउराली यातायात प्रालीको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न, अध्यक्षमा गाेविन्द बन्जाडे सहित ११ जना निर्विरोध निर्वाचित

अर्घाखाँचीडट्कम संवाददाता 
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा देउराली यातायात अर्घाखाँची प्रा .लि.को प्रथम साधारणसभा तथा अधिबेशन  गाेविन्द प्रसाद वन्जाडेकाे अध्यक्षतामा ११ जना निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको छ । 
चुत्राबेसी स्थित देउराली यातायात अर्घाखाँची प्रा .लि.को कार्यालयमा बुधवार सम्पन्न प्रथम साधारणसभा तथा अधिबेशनले गाेविन्द प्रसाद वन्जाडेकाे अध्यक्षतामा ११ जना निर्विरोध निर्वाचित गरेको हो । 
जसमा संचालक सदस्यहरुमा भेष बहादुर विसी, प्रेम प्रकाश पाण्डे, बिष्णु बहादुर पन्थी, नारायण खड्का, अशोक कुमार श्रेष्ठ, पिताम्बर भुसाल, राजु शाह, बलराम भुसाल, कृष्ण प्रसाद बन्जाडे र भुपाल बिसी निर्विरोध निर्वाचित भएका छन् । यस्तै अधिवक्ता के.वी.भुसाल,हुमा प्रसाद खनाल र शोभाखर पन्थी रहेको तिन सदस्यिय निर्वाचन मण्डलले निर्वाचित घोषण गरेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बामदेव गैरे,माधव ढकाल र प्रकाश पि.सी.लाई पनि सदस्यमा मनोनित गरिएको बताइएको छ ।
प्रालीको प्रथम साधारणसभा तथा अधिबेशनमा उम्मेद्वार दर्ता आज शनिबार बिहान १० बजेसम्म तोकिएको भएता पनि सो उपर कसैबाट दावी विरोध नपरेकोले दर्ता भएका सबैलाई निर्विरोध निर्वाचित गरिएको प्रालीले बताएको छ ।