हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा बर्तमान अध्यक्ष स्व. हिमलाल ज्ञवालीको सातौ दिनको पुण्य तिथि श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । उहाँको ७३ बर्षको उमेरमा चैत १५ गते गंगालाल हृदयरोग उपचारकेन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।
आज बिहान सन्धिखर्क शान्ति बगैचामा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, अर्घाखाँचीले आयोजना गरेको श्रद्धाञ्जली सभा जिल्लाका उपाध्यक्ष लिला ढुंगानाको अध्यक्षता, प्रतिष्ठानका केन्द्रीय सदस्य हिमबहादुर जि.सी. लेकालीको प्रमुख आतिथ्यता र जेवी दर्लामीको सन्चालनमा सप्पन्न भएको छ ।
प्रेमनारायण ज्ञवाली र मानकुमारी ज्ञवालीकाे काेखबाट २००५ साल माघ १ गते रुरु- १, भटकुवा टाकुरा, गुल्मीमा जन्मनु भएका हिमलाल ज्ञवालीको प्रारम्भिक शिक्षा रिडीमै भयो। शिक्षामा उहाँ स्नातक हुनुहुन्थ्यो । उहाँका ३ छाेराछाेरीहरूमा विक्रम ज्ञवाली, सुरेश ज्ञवाली र सिर्जना ज्ञवाली हुनुहुन्छ ।
उहाँ २०२४ सालमा रिडीमा आयाेजित अन्चल स्तरीय कविता प्रतियाेगितामा प्रथम भई पुरस्कार पाएपछि उहाँ नेपाली साहित्यमा प्रवेश गरेर साहित्य सर्जनातिर लाग्नुभयो । तीसकाे दशकदेखि पत्रकारितामा जमेर लाग्नुभयो । त्याे समयमा पञ्चायती व्यवस्था उत्कर्षमा थियाे । २०३५ सालतिर “त्रीवेणी” द्विमासिक र २०३६ सालमा “लाली गुराँस” साहित्यिक मासिक दर्ता गरी साहित्य सेवामा निरन्तर लाग्नुभएको उहाँ २०६४ सालमा “लाली गुराँस”काे माध्यमबाट नवलपरासीका लेखक साहित्यकार र पत्रकारहरूकाे परिचयात्मक पुस्तक प्रकाशन गर्नुभयो । साहित्य, लाेकसङ्गीत, शिक्षा र सञ्चारकाे विकासकाे लागि “प्रेमा वाङ्मय प्रतिष्ठान” गठन गरी निरन्तर अघि बढ्नु भयो । याे संस्था माता र पिताजीकाे स्मृतिमा पहलाे अक्षर लिएर गठन गरिएकाे हाे ।
२०६९ साल भदाै १ देखि पुरानाे संरचना अनुसार लुम्बिनी अञ्लका ६ जिल्लालाई केन्द्र मानेर लुम्बिनी वाङ्मय प्रतिष्ठान गठन गरिएकाेेमा २०७२ काे संविधानले मुलुकलाई सङ्घीय माेडलमा लगिएकाेले २०७५ सालमा लुम्बिनी, राप्ती र भेरी अन्चलका साहित्यिक संस्थाहरू समावेश गरी प्रदेश स्तरकाे संस्था व्यवस्थित गरिएकाे छ । अहिले यसकाे बाह्रै जिल्लामा जिल्ला समितिहरू क्रियाशील छन् ।
उहाँकाे व्यक्तिगत पहलमा प्रेमा वाङ्मय प्रतिष्ठानमा साहित्य, लाेकसङ्गीत, शिक्षा,सञ्चार काेष स्थापना गरेकाे छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालकाे तर्फबाट साहित्य विकास काेष स्थापना गरिएको छ ।
हिमलाल ज्ञवाली १० भन्दा ज्यादा साहित्यिक संस्थाहरूमा आजीवन सदस्य हुुनुहुन्थ्यो । कपिलवस्तु जिल्लाकाे कपिलधाममा उहाँकाे १५ लाख लगानीमा एउटा वाङ्मय भवन बनेकाे छ । जुन भवनमा लुम्बिनी वाङ्मय प्रतिष्ठानकाे केन्द्रीय कार्यालय छ । कपिलधाममा साहित्य तीर्थ स्थापना भएकाे छ । जहाँ १०१ स्वर्गीय साहित्यकार, कलाकार र संस्कृतिमा याेगदान दिएका स्रष्टाहरुकाे शालिकहरू निर्माण हुँदैछ ।
उहाँका २ वटा कृतिहरू प्रकाशित भएका छन् । ती कृतिहरुमा “आफ्नै देश आफ्नै परिवेश” गद्य कविता सङ्ग्रह २०७३, “समय समयका कुरा” २०७७ प्रकाशित छन् । यस बाहेक एउटा “विकासका लागि सञ्चार” पुस्तक प्रकाशाेन्मूख अवस्थामा छ । उहाँका फुटकर सयाैं लेखहरू रहेका छन् ।
चैत २५ गते ११औं दिनको पुण्य तिथिमा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय कपिलधाम, कपिलवस्तुमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको कुरा प्रतिष्ठानका महासचिव ऋषि आजादले जनाउनु भएको छ ।
यस्तै ज्ञवालीको सातौ दिनको पुण्य तिथिमा लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा आज चैत २१ गते श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।