बिक्रम आचार्य
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ७ जलुकेको लामाताल सामुदायिक बन उपभाेक्ता समुहले प्रहरी चौकी जलुकेलाई विभिन्न सामग्री सहयोग गरेको छ।
वनका अध्यक्ष जग बहादुर आले सहितका पदाधिकारीहरूले सामग्री हस्तान्तरण गरेका हुन् ।
आइतबार समितीले प्रहरी चौकीलाई कार्यालय प्रयोजनको लागि अावश्यक रहेकाे ५ थान कुर्ची, १थान टेबुल, २ थान बाल्टी, ४ थान थाली, ४ थान गिलास, २ थान जग र ५ लिटरको प्रेसर कुकर सहयोग गरेको छ ।
कार्यक्रमकाे प्रमुख अतिथिका वडा अध्यक्ष मोहन प्रसाद पन्थी रहनु भएको थियाे । वडा अध्यक्ष पन्थीले बनकाे उदाहरणिय कार्यलाइ धन्यवाद दिनु भयाे । सामाजिक विकासमा बनले खेलेकाे भुमिकाकाे प्रशंसा समेत गर्नु भयाे ।
त्यस्तै साेही कार्यक्रममा प्रहरी चौकी जलुकेका प्रमुख अनकमान विएमले लामाताल सामुदायिक बनलाइ धन्यवाद व्यक्त समेत गर्नु भएकाे छ ।