काठमाडौं । नेपालमा फेरि वायु प्रदूषण बढेको छ । वायु प्रदूषणको मात्रा ह्वात्तै बढ्दा राजधानी काठमाडौं फेरि संसारकै पहिलो नम्बरको प्रदूषित शहर बनेको छ ।
यसअघिको वायु प्रदूषण केही दिनअघिको वर्षातले केही सफा भए पनि आइतबारदेखि बढेको प्रदूषण सोमबार झनै उकालो लागेको हो ।
एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ मापन हुँदा यो शहर संसारकै धेरै वायु प्रदूषण भएको सूचीमा पहिलो नम्बरमा रहन पुगेको हो ।
यद्यपि, नेपालमा सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढी (एक्युआई–४२९), चितवनको भरतपुर (एक्युआई ३९८) र ललितपुरको भैंसेपाटी (एक्युआई ३२५) रह्यो । एक्वुआई ५० भन्दा माथि हुनु भनेको क्रमशः नराम्रोको मात्रा बढ्दै जाने हो ।
नेपालमा पानी नपर्नु, डढेलो, धुँवा, धूलो जस्ता कारणले प्रदूषण बढेको विज्ञहरुले बताएका छन् । विज्ञहरूले यस्तो समयमा सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाएका छन् । इमेजखबरमा समाचार छ ।