अर्घाखाँचीका पत्रकार चुनावमा होमिए, उम्मेदवार बनेकाहरू मत माग्न व्यस्त

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको निर्वाचनको लागि विभिन्न सङ्गठनले उम्मेदवारी दर्ता गराएपछि पत्रकारलाई यति बेला चुनावी माहौल तातेको छ । 
राजनीतिक चुनावमा रातदिन नभनी रिपोर्टिङमा रहने पत्रकार आजभोलि आफै चुनावमा होमिएका छन् । पत्रकार महासंघको चैत २५ गते हुने चुनावका लागि उम्मेदवार बनेकाहरू मत माग्न व्यस्त छन् ।
जिल्लामा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको निर्वाचनको लागि प्रेस चौतारी नेपाल एक्लै भिड्दै छ । भने नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, प्रेश चौतारी, ( माधब समुह) जन पत्रकार संघ, प्रेश मंच नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
अर्घाखाँचीका पत्रकारहरुले विभिन्न माध्यमबाट मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन् । उम्मेदवार बनेकाहरू मात्रै होइन उम्मेदवारलाई समर्थन गर्नेहरू समेत मत माग्न व्यस्त छन् । पत्रकार मुद्दादेखि पत्रकारितामा सुधारसम्मका एजेन्डा उनीहरूसँग छन् । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका विषय अहिले एजेन्डा बनेका छन् ।
महासंघको आसन्न चुनावका लागि दरखास्त परेको नामावली यस प्रकार छ:-  
गठबन्धनबाट:-

अध्यक्ष :- अशोक खनाल
उपाध्यक्ष :- बिरेन्द्र केसी 
उपाध्यक्ष महिला:- भगवता पाण्डे 
सचीव :- बिनोद गैरे
कोषाध्यक्ष :- रुद्रमणी भुसाल 
सहसचिव :- हृदय भुसाल 
समाबेशी सहसचिव 
रमेश बि.क .  
अनिल नेपाली 
सदस्य जनजाति :- 
अम्बिका श्रेष्ठ 
सदस्य महिला :- 
सरिता भुसाल 
सदस्य खुल्ला:-
 लक्ष्मण घिमिरे 
घनश्याम पौडेल 
बिष्णु खनाल
जितेन्द्र खत्री 
गोपाल भट्टराई 
अशोक चौहान
वसन्त बि. क.
दलित सदस्य:- 
सागर परियार 
समाबेशी:-
बाबुराम रसाइली 
 केन्द्रिय परिषद सदस्य :-
 बिष्णु प्रसाद भुसाल 
सहयोगी बि. सी.
 सुर्य प्रसाद भुसाल
प्रदेश परिषद सदस्य :-
 बिजय के.सी 
 देबेन्द्र कुँवर 
मेहरसिंह के.सी 
अशोक पौडेल 
 सागर महत 
गोमा भुसाल
प्रेश चौतारी ( के. पी. ओली )
 प्यानलबाट 
अध्यक्ष :- गणेश खनाल 
उपाध्यक्ष :- वसन्त कुमार श्रेष्ठ 
महिला उपाध्यक्ष :-सबिता आचार्य 
 सचीव :- बिष्णु कुमार आले 
कोषाध्यक्ष :- नवीन के. सी.
 सहसचिव :- हुम बहादुर बि. क.
सदस्य :=
महिला सदस्य करिष्मा खनाल 
जनजाति सदस्य अमृत श्रेष्ठ 
दलित सदस्य प्रदीप नेपाली 
सदस्य खुल्ला:-
 सृजन भुसाल
भुपेन्द्र सुवेदी 
नारायण भुसाल
नवीन पंथी 
चन्द्र पाण्डे 
निशा पंथी 
 केन्द्रिय परिषद सदस्य :-
 शालिकराम आचार्य 
खिम प्रसाद मरासिनी 
पार्बता श्रेष्ठ 
मधुकुमार श्रेष्ठ 
प्रदेश प्रदेश परिषद सदस्य :-
 कुशल भुसाल
कमल बिस्ट