अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको निर्वाचनको लागि तयारी पुरा भएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार अशोक खनाल (दाँया) र प्यानलबाट अध्यक्ष पदका उम्मेदवार गणेश खनाल (बाँया)
महासंघको भोली हुने चुनावका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, प्रेश चौतारी, ( माधब समुह) जन पत्रकार संघ, प्रेश मंच नेपाल लगायतको लोकतान्त्रिक गठबन्धनबाट २९ जनाको दरखास्त परेको छ । यस्तै एक्लै भिड्दै गरेको प्रेस चौतारी नेपालबाट २१ जनाको दरखास्त परेको छ ।
जिल्लामा महासंघको निर्वाचनमा १२४ जना मतदाताले मत खसाल्न पाउने छन् ।
उता महासंघको निर्वाचन पुर्व सन्ध्यामा पनि जिल्लामा विभिन्न सङ्गठनका उम्मेदवारीहरुले चुनावका लागि उम्मेदवार बनेकाहरू मत माग्न व्यस्त छन् । अहिलेसम्म चुनावी माहौल तातेको छ । राजनीतिक चुनावमा रातदिन नभनी रिपोर्टिङमा रहने पत्रकार आफै चुनावमा होमिएका छन् । अर्घाखाँचीका पत्रकारहरुले विभिन्न माध्यमबाट मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन् । उम्मेदवार बनेकाहरू मात्रै होइन उम्मेदवारलाई समर्थन गर्नेहरू समेत मत माग्न व्यस्त छन् । पत्रकार मुद्दादेखि पत्रकारितामा सुधारसम्मका एजेन्डा उनीहरूसँग छन् । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका विषय अहिले एजेन्डा बनेका छन् ।
लोकतान्त्रिक गठबन्धनले निर्वाचन जित्ने अनुमान
उता जिल्लाको प्रेस चौतारी बाहेक सबै पत्रकार संगठनको लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् । जिल्लामा १२४ जना मतदाता नामावलीलाई हेर्दा अशोक खनालको लोकतान्त्रिक गठबन्धनले निर्वाचन जित्ने अनुमान गरिएको छ । तर उता गणेश खनालकाे प्यानलले पनि बहुमतले चुनाव जित्ने दावी गरेको छ । प्यानलका अध्यक्ष पदका उम्मेदवार गणेश खनालले भने; “हामीले बहुमतले चुनाव जित्ने र संस्थागत विकासमा लागि पर्छाै ।”
महासंघको आसन्न चुनावका लागि दरखास्त परेको नामावली यस प्रकार छ:-
गठबन्धनबाट:-
अध्यक्ष :- अशोक खनाल
उपाध्यक्ष :- बिरेन्द्र केसी
उपाध्यक्ष महिला:- भगवता पाण्डे
सचीव :- बिनोद गैरे
कोषाध्यक्ष :- रुद्रमणी भुसाल
सहसचिव :- हृदय भुसाल
समाबेशी सहसचिव
रमेश बि.क .
अनिल नेपाली
सदस्य जनजाति :-
अम्बिका श्रेष्ठ
सदस्य महिला :-
सरिता भुसाल
सदस्य खुल्ला:-
लक्ष्मण घिमिरे
घनश्याम पौडेल
बिष्णु खनाल
जितेन्द्र खत्री
गोपाल भट्टराई
अशोक चौहान
वसन्त बि. क.
दलित सदस्य:-
सागर परियार
समाबेशी:-
बाबुराम रसाइली
केन्द्रिय परिषद सदस्य :-
बिष्णु प्रसाद भुसाल
सहयोगी बि. सी.
सुर्य प्रसाद भुसाल
प्रदेश परिषद सदस्य :-
बिजय के.सी
देबेन्द्र कुँवर
मेहरसिंह के.सी
अशोक पौडेल
सागर महत
गोमा भुसाल
प्रेश चौतारी ( के. पी. ओली )
प्यानलबाट
अध्यक्ष :- गणेश खनाल
उपाध्यक्ष :- वसन्त कुमार श्रेष्ठ
महिला उपाध्यक्ष :-सबिता आचार्य
सचीव :- बिष्णु कुमार आले
कोषाध्यक्ष :- नवीन के. सी.
सहसचिव :- हुम बहादुर बि. क.
सदस्य :=
महिला सदस्य करिष्मा खनाल
जनजाति सदस्य अमृत श्रेष्ठ
दलित सदस्य प्रदीप नेपाली
सदस्य खुल्ला:-
सृजन भुसाल
भुपेन्द्र सुवेदी
नारायण भुसाल
नवीन पंथी
चन्द्र पाण्डे
निशा पंथी
केन्द्रिय परिषद सदस्य :-
शालिकराम आचार्य
खिम प्रसाद मरासिनी
पार्बता श्रेष्ठ
मधुकुमार श्रेष्ठ
प्रदेश प्रदेश परिषद सदस्य :-
कुशल भुसाल
कमल बिस्ट