बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनकाे तेस्राे दिनसम्म बन्दसत्र जारी छ।
नयाँ नेतृत्व चयन गर्दै आज राष्ट्रिय जनमाेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न हुने जनमाेर्चाले जनाएको छ। हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हाे।
सम्मेलनबाट राजनीतिक, सांगठनिक प्रतिवेदन समेत सर्वसम्मतले पास भएकाे छ भन्ने आर्थिक प्रतिवेदन पास हुन बाँकी रहेकाे राष्ट्रिय जनमाेर्चाकाे सचिवालयले जनाएको छ।
बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरूको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियाे। सदस्यहरूमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहेका छन्।
त्यस्तै, महासचिव जनकराज शर्माको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको हाे।
सदस्यहरूमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरू कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहेका छन्।
‘भ्रष्टाचार व्यापक रूपले मौलाएको छ। माफियाहरूको चलखेल बढेको छ। गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटना बढेका छन्। राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षेप बढ्दो छ,’ राष्ट्रिय जनमोर्चाले भनेको छ। सेतोपाटीमा समाचार छ ।