ठाडामा व्यक्तिगत घट्ना दर्ता तथा क्षमता अभिवृद्धि अभिमुखिकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न

सचिन बोहोरा
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा व्यक्तिगत घट्ना दर्ता सामाजिक सुरक्षा तथा डिजिटाइजेशन र दर्ता शिविर, क्षमता अभिवृद्धि अभिमुखिकरण सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न छ । 
ठाडामा शितगंगा नगरपालिकाको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सेवा इकाईद्धारा आयोजित व्यक्तिगत घट्ना दर्ता सामाजिक सुरक्षा तथा डिजिटाइजेशन र दर्ता शिविर क्षमता अभिवृद्धि अभिमुखिकरण सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न हो ।  
प्रशिक्षक  धर्मराज बन्जाडे केशवराज अधिकारी तथा सहायक प्रशिक्षक सन्तोष आलेद्धारा  १४ वटै वार्डका वार्ड सचिव र वार्डमा कामकाज गर्ने कार्यालय सहयोगी तथा अन्य कर्मचारीहरुलाई व्यवस्थापन सुचना प्रणाली मार्फत डिजिटल माध्यमबाट जन्म मृत्यु विवाह बसाइसराई सम्बन्धविच्छेद दर्ता आदि व्यक्तिगत घट्ना सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण र विद्युतिय माध्यम बैंकिङ प्रणाली मार्फत वितरण हुने भत्ता व्यवस्थापन आदि विषयमा ३ दिने तालिम सम्पन्न भएको छ । 
साथै बैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने व्यक्तिगत घट्ना दर्ता र सामाजिक सुरक्षा दर्ता सम्बन्धि दर्ता शिविर सञ्चार अभियान कार्यक्रम तथा त्यपश्चात १४ वटै वडाका कम्तिमा ३ स्थानमा सञ्चालन हुने दर्ता शिविर कार्यक्रम मार्फत यसअघि दर्ता गर्न बाँकी सम्पुर्ण व्यक्तिगत घट्ना दर्तालाई कसरी शत प्रतिशत दर्ता गराउन उल्लेखनिय रुपमा जनताको सहभागिता गराउन सकिन्छ भन्ने विषयमा यो तालिम केन्द्रित रहेको थियो । 
कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री सुर्यप्रसाद अधिकारी द्वारा ब्यानर उदघाटन गरी तालिमको लागि शुभकामना तथा आफ्ना भनाइहरु राख्नुभयो । विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत  प्रेम ब के सी तथा अतिथि लेखा अधिकृत श्री अर्जुन प्रसाद नेपाल रहनुभएको थियो । यस तालिम कार्यक्रम बाट नेपाल सरकारले ल्याएको डिजिटल नेपालको उद्येश्य पुरा गर्नको लागि ठुलो सहयोग पुग्ने छ । लेखा अधिकृत अर्जुन प्रसाद नेपाल द्धारा यो कार्यक्रमको समापन गर्नुभयो ।

अन्य समाचारहरु