अर्घाखाँचीमा खनाल-नेपाल एमालेको जिल्ला अध्यक्षमा राम बहादुर चौहान मनोनयन, सम्पर्क कार्यालय स्थापना गरिदै

नविन रसाईली
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेकपा एमाले खनाल नेपाल पक्षको अर्घाखाँची जिल्ला कमिटिको अध्यक्षमा जिल्ला कमिटी सचिव राम बहादुर चौहान मनोनयन भएका छन् । 
नेकपा एमाले खनाल नेपाल पक्षको  केन्द्रिय कमिटिको  निर्णय अनुरुप अर्घाखाँची जिल्ला कमिटिको अध्यक्षमा जिल्ला कमिटी सचिव राम बहादुर चौहान मनोनयन भएका हुन् । 
नव मनोनित अध्यक्ष चौहानले नेकपा एमाले लगायत अन्य वामपन्थी तथा लोकतान्त्रिक शक्तिहअरुसँग तालमेल तथा कार्यगत एकता गरी अर्घाखाँची जिल्लाको आसन्न प्रतिनिधि सभाको उपनिवौचनमा विजय प्राप्त गर्न समेत व्यक्त गरेका छन् ।  
दुईृ चार जना नेताहरु दायाँ बायाँ हुँदैमा नेकपा एमाले अर्घाखाँचीेले  कुनै फरक नपर्ने उल्लेख गदै अध्यक्ष चौहानले गाउँका दुरदराजमा रहनुभएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले आफुहरुलाईृ साथ दिने विश्वास समेत व्यक्त गरे। 
साथै चौहानले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई योग्यता क्षमता दक्षता र लोकप्रियताको आधारमा जिम्मेवारील प्रदान गर्ने बताए । पार्टीलाई अर्घाखाँचीले बढाउने प्रतिवद्धता व्यक्त गरे । 
बैशाख पहिलो हप्ता भित्र जिल्ला पार्टीको सम्पर्क कार्यालय स्थापना गर्ने पार्टीका पालिका तथा वार्ड र जनसंगठनका जिल्ला पालिका र वार्ड स्तरिय कमिटी गठन पुन: गठनको कामलाईृ  पनि तिब्रता दिने उल्लेख गरे  ।