सन्धिखर्कको तुम्काेट स्थित बाल आधारभुत विद्यालय ५९ औ वार्षिकोत्सब सम्पन्न (फोटो सहित)

प्रेम नारायण आचार्य / अर्घाखाँचीडट्कम संवाददाता
तुम्काेट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर  १ तुम्काेटकाे बाल आधारभुत विद्यालय ५९ औ वार्षिकोत्सब तथा पुरस्कार वितरण  समारोह आज सम्पन्न भएको छ । 
कार्यक्रमको सन्धिखर्क नगरपालिकाका उपसचिव शिक्षा शाखा प्रमुख युगल नारायण बसेलले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियोे । 
कार्यक्रममा मन्तब्य राख्दै शिक्षा शाखा प्रमुख युगल बसेलले पढाइको गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध आबश्यक रहेको बताउनु भयो । उहाँले अहिलेकाे आबश्यकता गुणस्तरीय शिक्षा भएको बताउनु भयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मणिराम पराजुली , वडा सदस्य लक्ष्मण पराजुली ,   शिक्षक विष्णुप्रसाद पराजुली  , कल्पना पाेख्रेल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य  लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष विष्णुप्रसाद वस्यालकाे अध्यक्षता, प्रधनाध्यापक विष्णुप्रसाद खनालकाे सञ्चालन र शिक्षक सुनिता श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको हाे ।  
कार्यक्रममा विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी , कक्षा प्रथम, द्वितीय र तृतीय तथा अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा युगलनारायण वसेलले स्वर्गीय मुक्तिराम, केतकला अनाथ छात्रवृत्ति काेषलाई थप गरि ५० हजारकाे बनाएको  घाेषणा    गर्नु भएको थियोे । शिक्षा विकास तथा  समन्वय इकाईका प्रमुख मणिराम पराजुलीले आफ्ना स्वर्गीय बुबा आमाकाे सम्झनामा    २५ हजार ५ सय ५५ काे अक्षयकोष स्थापना गर्नु भएको थियोे ।

अन्य समाचारहरु