जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बाँगीको आरुखोर स्थित श्री शान्ति माध्यमिक विद्यालयको ६० औं बार्षिक उत्सव शुक्रवार सम्पन भएको छ ।
वार्षिक उत्सव कार्यक्रम विद्यालयका सहायक प्र.अ तारा प्रसाद भुसालको स्वागत मन्तव्य, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य माननिय चन्द्र बहादुर खड्का (उज्जल) को अध्यक्षता, मालारानी गाउँ पालिका वार्ड नं ५ का वार्ड अध्यक्ष शोभाकर भुसाल, वार्ड सदस्य डाल बहादुर चौहान, समाजसेबी,- शिक्षा प्रेमी व्यक्तित्व जिन्दक खड्का, विद्यालय व्यवस्थापन समिति सदस्य तुलसा कुँवर, मालारानी गाँउपालिका वार्ड नं १० का सदस्य भेष बहादुर क्षेत्री, विद्यालयका प्राविधिक धार कम्प्युटर इन्जिनीयरीङ तर्फका सम्योजक इन्जिनीयर जीवन खनालको आतिथ्यता र विद्यालयका सहायक प्रधानाध्यापक माधब प्रसाद पन्थीको सन्चालनमा सम्पन्न भएको हो ।
त्यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य माननीय चन्द्र बहादुर खड्काले विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको मा विद्यालयलाई आगामी दिनहरुमा अझैँ शैक्षिक क्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले यस क्षेत्रको शैक्षिक गतिविधिमा उल्लेखनिय योगदान दिएको भन्दै विद्यालयको शैक्षिक प्रगतिको खुलुर प्रशंसा गर्दै अर्घाखाँची जिल्लामा प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् यस विद्यालयमा मात्र भएको र कम्प्युटर शिक्षाले नै यस देशको लागी अवस्यक दक्ष जनशक्ति उत्पादनमा गर्नमा विशेष जोड दिने वताउनु भयो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले आर्थिक वर्ष २०७७/०७८ को बार्षिक शैक्षिक तथा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । तस्तै प्र.अ. पाण्डेले आगामी दिन हरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई देशकै एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताउनु भएको थियो ।
वार्षिक उत्सब कार्यक्रमै विद्यालय शैक्षिक सत्र २०७६ मा कक्षागत रुपमा र विद्यालय भरी बाट प्रथम, दृतीय र तृतीय स्थान गर्ने कक्षा वालविकास देखीका सम्पुर्ण विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो । त्यस्तै विभिन्न अतिरिक्त क्रयाकलापमा प्रथम द्वितिय तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनी पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा मालारानी गाउँ पालिका वडा नं ५ का अध्यक्ष शोभाकर भुसाल, वडा सदस्य डाल बहादुर चौहान, वार्ड नं १० सदस्य जिन्दक भुसाल, विद्यालय व्यवस्थापन समिति सदस्य तुलसा कुँवर लगाएतले शुभकामना मन्तव्य राख्दै शैक्षिक क्षेत्रमा यस विद्यालयले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल उत्कृष्ठ नतिजा एवम् अतिरिक्त प्रतियोगिताबाट हासिल गर्ने परिणामले देखाएको भन्दै एक सबल विद्यालयको रुपमा विकास गर्न विद्यालय परिवारसँग आग्रह गरे ।
त्यस्तै कार्यक्रममा विद्यालयका शिक्षक छबिलाल घिमीरे, धनिराम भुसाल झबिन्द्र बहादुर खड्का, मुनाल खड्का, बसन्त खड्का, मिना महत, बलराम भुसाल, प्रदीप भुसाल, विद्यालयका प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् तर्फका प्रशिक्षक इन्जिनीयर विकाश कुँवर, सहायक प्रशिक्षक रेशम भुसाल लगायत अन्य शिक्षक तथा शिक्षिकाहरुको ऊपस्थिति रहेको विद्यालयका प्रविधीक धार कम्प्युटर ईन्जिनियरीङ् तर्फका सहायक प्रशिक्षक जय बहादुर रोकायले जानकारी दिनुभयो ।