भारतमा भएको भागदौडमा कुल्चिएर कम्तिमा 5 जनाको मृत्यु, धेरै मानिस घाइते

अप्रील 30 तारिखका दिन जनाएअनुसार भारतको उत्तर-पश्चिमी भाग हरियाणा प्रदेशमा भागदौडमा कुल्चिएर एक दुर्घटना भएको समाचार छ। उक्त दुर्घटनाबाट कम्तिमा 5 महिलाको मृत्यु हुनुका साथै धेरै मानिस घाइते भएका छन्।

             भारतीय सञ्चार माध्यमले जनाएअनुसार 30 तारिख बिहान सबेरै लगभग 1 लाख मानिसहरुले हरियाणा प्रदेशमा पर्ने सिर्सा शहर नजिकै एक स्थलमा धार्मिक कार्यक्रमको आयोजना गरेका थिए। 2 बजेतिर उक्त धार्मिक कार्यक्रम समाप्त भएपछि घटनास्थलमा दङ्गा भएको हुनाले उक्त दुर्घटना भएको हो।