अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अखिल नेपाल शिक्षक सगठन जिल्ला समिति अर्घाखाँचीले विभिन्न २० बुदे माग सहित जिल्ला शिक्षा सम्वन्य ईकाई अर्घाखाँचीका ईकाई प्रमुख मणिराम पराजुली लाई ध्यानकर्षण पत्र बुझाएको छ ।
संगठनका जिल्ला अध्यक्ष लक्ष्मण बलीे सचिब खुम बस्नेत दारा हस्तारक्षित ध्यानकर्षण पत्रमा शिक्षा र शिक्षक का समस्या विच राज्य गम्भीर हुनुपर्ने बताउदै पटक पटक का सहमति अनुसार शिक्षा क्षेत्रमा राज्यले काम नगरेको सरकारले शिक्षालाई सेबामुलक नभई नाफामुलक बनाएको भन्दै आफुहरुले ध्यानआकर्षण पत्र बुझाएको र आफुले ध्यानआकर्षण पत्र आफ्ना मात्र माग नभई सम्पूर्ण युगान्तकारी परिबर्तनकारी शिक्षकका मागलाई समेटेकोले राज्यले गम्भीरताका साथ लिनुपर्ने भन्दै यदि आफ्ना मागलाई बेबास्ता गरेको खण्डमा चरणबद्ध रुपमा आन्दोलन सिर्जना गर्ने अध्यक्ष बलिले बताउनुभएको छ ।
ध्यानकर्षण पत्र बुझदै ईकाई प्रमुख पराजुलीले सगठनले राखेका माग प्रति आफु जिम्मेबार रहेको बताउनुभएको थियो ।