अर्घाखाँचीमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न


सागर परियार 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न पालिकाहरुमा आइपास नेपालको आयोजना ,च्याम्पियन लिडर र सामुदायीक अगुवाहरुको अग्रसरतामा  यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सवालमा भएका विभिन्न क्रियाकलापहरुको समिक्षा कार्यक्रम सम्पन्न भएका छ । 
हाल जिल्लाको शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका,पाणिनी गाउपालिका र मालारानी गाउपालिकामा सञ्चालन भएको यो कार्यक्रममा नेपालमा गर्भपतन सम्बन्धी कानुनी ब्यवस्थाहरु, जवरजस्ती करणी सम्बन्धी कानुन, मानवअधिकार सम्बन्धी कानुन र कार्यान्वयनमा चुनौतीहरुका विषयमा छलफल भएको थियो ।
सुरक्षीत गर्भपतन, परिवार नियोजन,सुरक्षीत मातृत्व, लैंगिक हिंसा, किसोर किसोरी यौन तथा प्रजनन् स्वास्थ्य जस्ता कानुनी अधिकार लगायतका विषयमा जनचेतना जगाउदै आएको यस सस्थाले यौन तथा प्रजनन् स्वास्थ्यको सवालमा पैरवी समेत गर्दै आएको छ ।
 
कार्यक्रममा विभिन्न पालिकाका सहभागीहरुलाई आइपास नेपालका अर्घाखाँची र पाल्पा क्लस्टर संयोजक राम कुमार साह,च्याम्पियन लिडर फर्सुराम पाण्डे, पवित्रा भट्टराई, गोविन्द रसाईली, दिपक पुन, लगायतले सहजिकरण गर्नु भएको थियो । आइपास नेपालको सहयोगमा अर्घाखाँची जिल्लाको चार वटा पालिकामा सञ्चालन भएको यो कार्यक्रमले अहिले नियमित रुपमा च्याम्पियन लिडर तथा सामुदायीक अगुवाहरुले यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा जनचेतना जगाउदै आई रहेको पाइृको छ ।