अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका एक युवाको भारतको दिल्लीमा निधन भएको छ।
रामप्रसाद बन्जाडे तथा दिल्लीमा रहने नेपालीहरुले डट्कमलाई दिएको जानकारी अनुसार बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय छोरा विरेन्द्र खड्काको बुधवार दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा अचानक निधन भएको हो ।
खड्काको निधनको कारण खुल्न सकेको छैन् । तर हृदयघातका कारण निधन हुन सक्ने स्थानिय नेपालीहरुले बताएको छन् । खड्काले नेशनल लाइव वेव टेलिभिजनका समाचार वाचक समेत रहेको बताइएको छ ।
केही वर्षदेखि दिल्लीमा रहेका अविवाहित खड्काका बुवा झण्डै १५ बर्ष पहिला ठाडा अमराईमा भएको बस दुर्घटना निधन भएको थियो ।
खड्काको शब नेपाल पठाउने वा दिल्लीमा दाह संस्कार गर्ने बारेमा परिवारसँग छलफल भईरहेको बताइएको छ ।
उता यस अगाडि हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका एक युवाको भारतको कलकत्तामा निधन भएको थियो । यस्तै कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको बादखर्कका एक युवाको भारतको गुडगाउँमा मृत्यु भएको थियो ।