जुनेलीमा जलथल पोखिएको

-Nipsh kumar shahi
Bhawani VDC
ward  No -6
Dailekh
hall  kotla mubarakpur parshadi gali
New delhi

जलथल पोखिएको जुनेलीमा
छ्याङ्गै छ अहिले
बारीको तल्लो कुना पनि।

यो एक्लो कोठा
र एक्लो म
जागो नै छौँ
अझ।
निदाएको छैन गाई पनि।

घडीचाहिँ
अँध्यारो देवलबाटै
अझ एउटा सुर्तापूर्ण घण्टा बितेको
निर्जीव सङ्केत कराउँदैछ।

कर्फ्यू कोठाभित्र
गश्तीमा छन्
डिसेम्बरको ठिही भिरेका हावा।

कमानको मूल फाटकमा झुण्डिएको
तालाको कीराले
चपाएको छ-छ
पहेँलो पात मनको।
यही पातसँगै अलि-अलि गरेर
तुरिँदै गएको छ मेरो ढुक्क।

किरकिरे कराएको चकमन्नताले
खोप्दै लान्छ कानको जाली।
सुन्दैछु
आफ्नै श्वास-प्रश्वाले
आ सारङ्गीको तार रेटिएझैँ
रेटिएको आवाज।

र फेरि अर्कोपल्ट कोल्टे फेरेको छु।
कतिपल्ट भयो-
गन्ती गर्ने तरानसम्म नभएको!
निदाएको झैँ गर्दैछु एक्लै
एक्लो कोठामा।
यही एक्लो कोआषभित्र हठात्
कसैले केहीबेर खोक्यो-
एउटा सुकेनाश खोकी।