नरपानीमा वडाअध्यक्ष कृष्ण बहादुर आचार्यले कृषि पेशाबाट मनग्य आम्दानी गर्न सफल भए


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची   । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीका वडाअध्यक्ष कृष्ण बहादुर आचार्यले कृषि पेशाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । वडा नम्वर ६ नरपानीको जगातमा घर भएका उनले पाखो बारीमै तरकारी खेती गरेर लाखौ रुपैया कमाउन सफल भएका हुन् ।
वडा अध्यक्षहरु काम नगर्ने भाषण गरेर अरुलाइ सिकाउने गर्छन । अध्यक्ष भएपछि त काम गर्नु हुदैन भन्ने सोच राखेका हुन्छन ।
तर आचार्यले काम गर्न हुदैन भन्ने सोचको अन्त्य गर्न लागि परेका छन । आफुहरुले काम नगर्ने यस्तो गर उस्तो गर भनेर हुदैन यस्तरि गरेमा हुन्छ भनेर देखाउनु पर्छ भन्ने अभियानमा उनी छन । राजनिति गर्ने मानिसले अरुलाइ देखाउन र आकर्षित गर्न केहि गरेर देखाउनु पर्छ । राजनिति गर्न आफु सक्षम हुनु पर्छ आफै ब्यबसाय गरे मात्र अरुलाइ सिकाउन सकिन्छ उनको भनाइ छ ।
मौषमी तथा वेमौषमी तरकारी खेती गरेर बार्षिक रुपमा खर्च कटाएर ६ लाख आम्दानी हुने उनले बताए ।विहान वेलुका घरमा तरकारी खेती र भैसी गाईको स्याहार गर्छन् ।
दिउसोमा वडा कार्यलयमा गएर वडा अध्यक्षको काम गर्छन । विदा र फुर्सदको समयमा तरकारी बारीमा काम गर्छन । समय मिलाएर उनले सबै तर्फ काम गरेका छन । सबै काम नपाएर विदेशिएका छन । गर्ने हो भने हाम्रै माटोमा सुन फलाउन सकिन्छ । मात्र जागर हुन पर्छ ।
“आफ्नो काम गरेर खान केको लाज, कृषकको छोरा हु कृषि नै मेरो मुख्य पेशा हो । दुध तरकारी वेचेरै मेरो घर खर्च चलेको छ । त्यसैले यो कामलाइ निरन्तरता दिएको छु ।
” उनले भने “समाजले भन्ने गर्छ दुध बेचे गोठालो रे तरकारी बेचे कृषक रे जनताको सेवा गरे नेता रे फरक यतिमात्र हो । नेताला सबैले नमस्कार गर्छन । कृषक दुध लिएर बजार गल्लीको दर्बाजामा पुग्दा हेराइ नै फर्क पर्छ ।
म आफु वडा अध्यक्ष भएर यी तिनै कामलाइ लगातार निरन्तरता दिएको छु । ” विगत ६ बर्ष देखि उनले घरको दुध नरपानीमा लगेर बेच्ने गरेका छन । झरी बादल, पानी केहिले पनि उनलाइ रोकेको छैन । वडा अध्यक्ष भएर पनि दुध बेच्ने कमलाइ निरन्तरता दिएका छन ।
आफै नगरे सम्म अरुलाई मुखले भनेर मात्र हुदैन परिबर्तन आफैबाट गर्नु पर्छ भन्ने मान्यताका साथ सुरु गरेका आचार्यले कृषि पेसाबाट मनग्य आम्दानी गर्न सफल भएका छन । उनले आफुले कृषिबाट आम्दानी गर्न मात्र सफल भएका छैनन । सबै राजनितिककर्मी र जन प्रतिनिधिको उदाहरणको पात्र समेत बनेका छन । विदेशमा हैन् आफुनै माटोमा सुन फलाउन सकिने युवाहरुलाई प्रेरण दिएका छन् ।
उनको घरमा अहिले २ वटा उन्नत जातका मुर्रा भैसी र एक वटा जर्सी गाइ दुहुना छन । दैनिक १२ लिटर दुध विहानमा नरपानीमा लगेर बेच्ने गरेको उनले बताए । विहानको दुध नरपानी बजारमा घरघरमा लगेर बेच्छन । वेलुकाको दुध घरबाटै विक्री हुन्छ ।
काम गर्नकालागि समय छैन भ्याउदिन भनेर भन्नेकालागि पनि उनको यो कार्य उदाहरणीय बनेको छ । जन प्रतिनिधि भएर कुरा मात्र गर्ने हो काम गर्नु हुदैन भन्नेकालागि पनि वडा अध्यक्षको यो कार्य नमुना कार्य हो । अरु जन प्रतिनिधिहरुले पनि उनको कार्य हेर्न जरुरी छ ।

अन्य समाचारहरु