भूमिकास्थान नगरपालिकाका सबै विद्यालयहरुको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि शुरु हुने


तिलकराम बन्जाडे
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाले यहि बैशाख १४ गते देखि बैशाख २७ गते सम्ममा विद्यालयस्तरीय वार्षिक परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ ।
वैशाख १० गते बसेको नगरपालिकाको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई सो समयावधि भित्र दुई चरण, तीन सिफ्टमा परीक्षा सञ्चालन र सम्पन्न गर्ने निर्णय गरेको हो ।
पहिलो चरणको पहिलो सिफ्ट अन्तर्गत वैशाख १४ गतेदेखि वैशाख १९ गते सम्म आधारभूत तहको कक्षा ५ सम्मको परीक्षा सञ्चालन र सम्पन्न हुने एवम् दोस्रो चरणको दोस्रो सिफ्ट वैशाख २० गतेदेखी वैशाख २७ गते सम्ममा कक्षा ६,७ र ९ को परीक्षा बिहान १० बजेदेखी दिउँसो १ बजेभित्र सम्पन्न गर्ने निर्णय भएको छ । साथै तेस्रो सिफ्ट अन्तर्गत वैशाख २० गते २७ गते भित्रै दिउँसो १ बजेदेखी आधारभूत तह (१-८) सञ्चालित विद्यालयहरू नै परीक्षा केन्द्र रहने गरी कक्षा – ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्ने निर्णय भएको उक्त समितिको बैठकमा सहभागी एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर इन्चार्ज रुद्र खनालले रातोप्रेस डटकमलाई जानकारी दिनुभयो ।
पछिल्लो समय देशका विभिन्न विद्यालयमा अध्ययनरत केही बालबालिकाहरु कोरोना संक्रमित भइरहेको अवस्थालाई मध्यनजर गर्दै यहि बैशाख १२ गते आइतबार देखि भुमिकास्थान नगरपालिका भित्रका विद्यालयहरूमा बालबिकास कक्षाहरू बन्द गर्ने समेत निर्णय भएको खनालले बताउनुभयो ।

अन्य समाचारहरु