अनिल नेपाली | अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्नामा १५ दिने डल् कुशन् बनाउने तालिमको समापन भएको छ ।
डिभर्नामा “सबै नगरवासीकाे रहर ,सुन्दर र समृद्ध सन्धिर्खक नगर ” भन्ने मुल नारा सहित गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम (MEDPA) १५ दिने डल् कुशन् बनाउने तालिम सम्पन्न भएकाे हो ।
सीपले मानिसलाई आत्मनिर्भर दक्ष बनाउने हुदा मानिसको जीवनको लागि सीप अपरिहार्य भएको सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोर ले बताउनुभएको छ ।
गरिबी निबारणका लागि लधु उद्यम विकास कार्यक्रम अन्तर्गत छोटो अबधिकोे १५ दिने डल कुशन बनाउने तालिमको आज डिभर्नामा विधिगत रुपमा समानपन गदै उपप्रमुख विकले यस्तो बताउनुभएको हो । विकले सिकेकोे सीपले मानिसलाई जीवनउपयोगी जीविकोपार्जन गर्न मदत गर्ने बताउदै जीवनलाई सरल सहज बनाउनको लागि सीपले मदत गर्ने हुदा सीप अपरिहार्य भएको बताउदै व्याबसायिक ?पमा पेशा अगाल्ने महिलाको लागि नगरपालिले सहयोग गर्ने बताउदै व्यबसायिक महिलाको लागि नगरपालिकाले सहुलियत ऋणको समेत व्यबस्था गरेको बताउदै सुमद्धि नगर सुन्दर नगरपालिका बनाउनको लागि सबैले सहयोग गनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नगरपालिका उद्योग विकासका शाखा प्रमुख जिबनारायण आचार्य शाखा अधिकृत मन्जु खनाल विजय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल खनाल सन्धिखर्क नगरपालिका वडा न ११ का वडा सचिब पुष्करनाथ आचार्य प्रशिक्षक राधा ज्ञवाली लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सीप मानिसको जीवनको लागि अपरिहार्य भएको बताउनुभएको थियो १४ जनाको सहभागिता रहेको कार्यक्रममा प्र्रशिक्षार्थीले विभिन्न सामाग्री बनाउन सक्ने भएको तालिममा सहभागि बसन्ता खत्रीले बताउनुभएको थियो कार्यक्रम वडा न ११ का अध्यक्ष धुबराज आचार्य अध्यक्षता उद्यम विकास सहजकर्ता अनिता रावलको सञ्चालन बसन्ता खत्रीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।