सन्धिखर्कका कृषकहरुलाई ३६ थान हाते ट्याक्टर तथा १५ थान आटो पिस्ने मिल वितरण


रुद्रमणि भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिकाको कृषि शाखाको आयोजनामा कृषकहरुलाई ३६ थान हाते ट्याक्टर तथा १५ थान आटो पिस्ने मिल वितरण कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले हाते ट्याक्टर वितरण गदै अनुदानमा लगेका सामानको उचित प्रयोग गरि उत्पादनमा बृद्धि गर्न आग्रह गरे । 
कार्यक्रममा उपप्रमुख ठाकुर बिक ,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापककोटा, वडा अध्यक्ष देबी बहादुर रायमाझी लगायतले मन्तव्य राखेका थिए । 
कार्यक्रम कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईकको संचालनमा समपन्न भएको हो । कार्यक्रममा हाते ट्याक्टर दिएकोमा कृषककहरुले सन्धिखर्क नगरपालिकालाई धन्यवाद दिएका थिए ।

अन्य समाचारहरु