अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लाको आयोजनामा दलित तथा अति बिपन्न परिवारलाई बाख्रा बितरण गरिएको छ ।
वाङलामामा दलित तथा अति बिपन्न परिवारलाई नगरप्रमुख कमल प्रसाद भुसालले बाख्रा बितरण गर्नु भएको हो ।
वार्डमा रहेका अतिबिपन्न दलित १८ परिवारलाई आर्थिक आम्दानी होस भन्ने उदेश्यले वार्ड कार्यालयले बाख्रा खरिद गरि बितरण गरिएको वार्ड अध्यक्ष राजेन्द्रप्रसाद भुसालले जानकारी दिनु भयो ।
कार्यक्रममा वार्डका जनप्रतिनिधिहरु वार्डका कर्मचारीहरु स्थानियबासीको सहभागीता रहेको थियोे ।