सरकारले ५० लाख डोज रुसी खोप ‘स्पुतनिक–५’ ल्याउने तयारी गरेको छ ।
सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खोप ल्याउने विषयमा बुधबार टुंगो लाग्ने सम्भावना छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, रुसबाट आएको एक टोली र नेपालस्थित रुसी राजदूतावासबीच बुधबार छलफल हुँदै छ । खोप कति संख्यामा, कति मूल्यमा र कहिले आइपुग्नेलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
औषधि व्यवस्था विभागले वैशाख ७ गते आपत्कालीन प्रयोगका लागि रुसी खोपलाई स्वीकृति दिइसकेको छ । उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाएको छ । सरकारले भने जीटुजी प्रक्रियाबाटै खोप ल्याउने तयारी गरेको हो । कान्तिपुरमा समाचार छ ।