अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरमा पहिलो पटक एंटीजन किट प्रयोग गरि कोभिड-१९ को दोश्रो भेरिएन्ट परिक्षण सम्पन्न भएको छ । जुन अर्घाखाँची जिल्लामा नै पहिलो पटक परिक्षण गरिएको हो ।
भूमिकास्थान नगरपालिकाले धनचौरमा बुधवार पहिलो पटक एंटीजन किट प्रयोग गरि कोभिड-१९ को दोश्रो भेरिएन्ट परिक्षण सम्पन्न गरेको हो ।
पालिकाले बुधबार प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीको नेतृत्वमा स्वास्थ टोली सहित धन्चौरमा पुगि केही दिन अगाडि कोरोनाबाट मृत्यु भएका बिष्णुबहादुर नेपालीको परिवार आफन्त तथा छिमेकीहरुकोमा पुगि कन्ट्याक ट्रेसिङमा रहेका ३२ जनाको टेस्ट गराएको हो । ३२ जनाको टेस्ट गराउदा ७ जना संक्रमित भेटिएका थिए ।
भुमिकास्थान नगरपालिकाले तत्काल आवश्यक पर्ने र्यापिड टेष्ट किट पालिकाका सबै वडाहरुमा पुर्याउने तथा संक्रमित बिरामीहरुको जटिलतामा आइपुग्न सक्ने समस्यालाई मध्यनजर गर्दै आवश्यक पर्ने अक्सिजन मेसिन तथा अक्सिजन सिलिन्डरको समेत ब्यबस्थापन गर्न लागि सकिएको प्रमुख प्रशासकीय अधिकृत राउतले बताए ।
कोरोनाको संक्रमणसँगै अर्घाखाँची जिल्लामा पहिलो संक्रमणबाट १६ जना र नयाँ भेरियनबाट आएको संक्रमणबाट ३ जना गरि १९ जनाको ज्यान गइसकेको छ । जिल्लामा हाल ६७ जना संक्रमित भई सकेका छन् । टेस्टका दायरा बढाउदै जाँदा संक्रमितको दायरा पनि बढ्दै गएको छ ।