बन्धु नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको सन्धिखर्क स्मार्ट कृषि गाउँ समिति १/२ को आर्थिक बर्ष २०७७/७८ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ का कृषि योग्य बृति, कुडुले सुक्मी फाँट लगायतका क्षेत्रहरुलाइ समेटेर प्रदेश सरकारको स्मार्ट कृषि योजना अन्तरगतको स्मार्ट कृषि समितिले यो आर्थिक बर्षमा गरेको साठी लाख बराबरको हिसाब सार्बजनिक गर्दै सुनुवाइ सम्पन्न गरेको हो ।
सार्बजनिक सुनुवाइ तथा हिसाब सार्बजनिक कार्यक्रममा स्मार्ट कृषि गाउँ समितिका सचिब माया पन्थिले उक्त रकम बाट किसानहरुलाइ मिनि ट्र्याक्टर , प्लास्टिक टनेल , थोपा सिचाइ , बिउपल लगायत थुप्रै सामगृहरु खरिद गरि बितरण गरिएको हिसाब बिल भर्पाइहरु सार्बजनिक गर्नुभएको थियो ।
कार्यक्रमको बिशेष अथिती वार्ड न १ का कार्यबाहक अध्यक्ष आशा परियार , आथिती आइ पिएम सहजकर्ता जगत प्रसाद भुसाल हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता सन्धिखर्क स्मार्ट कृषि गाउँ समिती १/२ का अध्यक्ष प्रेमनारायण भुसालले गर्नुभएको थियो ।