अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १२ डिभर्नाको झेडीमा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
डिभर्नाको झेडीमा वार्ड अध्यक्ष पोषण प्याकेज कार्यक्रम अन्तर्गत ३२ जना महिलाहरुलाई पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
वार्ड अध्यक्ष नारायण खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वार्डका जनप्रतिनिधिहरु कर्मचारीहरुको सहभागीता रहेको थियोे ।