अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकाथान नगरपालिकाले कोरोना संक्रमण बढेको भन्दै अत्यावश्यक काम बाहेकका सबै सेवा वैशाख २३ गते सम्मका लागी बन्द गरेको छ ।
उता भूमिकाथान नगरपालिका वार्ड नं. ८ नुवाकोटको च्युरामाटी बाँजाखर्कमा एंटीजन किट प्रयोग गरि कोभिड-१९ को दोश्रो भेरिएन्ट परिक्षण सम्पन्न भएको छ ।
भूमिकास्थान नगरपालिकाले नुवाकोटको च्युरामाटी बाँजाखर्कमा एंटीजन किट प्रयोग गरि कोभिड-१९ को दोश्रो भेरिएन्ट परिक्षण सम्पन्न गरेको हो ।
बाँजाखर्कका ५० वर्षिय राम प्रसाद गैरेको कोरोना संक्रमणका कारण शुक्रबार निधन भएका परिवार आफन्त तथा छिमेकीहरुकोमा पुगि कन्ट्याक ट्रेसिङमा रहेका ३० जनाको टेस्ट गराएको हो । ३२ जनाको टेस्ट गराउदा ३ जना संक्रमित भेटिएका थिए । जसमा १ जना महिला र २ जना पुरुष रहेका छन् ।
कोरोना संक्रमण भई अर्घाखाँची अस्पतालमा उपचाररत गैरेलाई थप उपचारको लागि काठमाण्डौ लगिएको थियो । तर काठमाण्डौमा आईसियु बेड पाउन सकेका थिएनन् । नेपाल मेडिकल कलेजमा अक्सिजन दिएर उपचार चलेकै अबस्थामा निधन भएको थियो ।
झण्डै २ हप्ता पहिला भारतबाट आएका गैरेलाई ज्वरो, श्वास–प्रश्वासमा समस्या रहेको बताइएको थियो । मृतक गैरेका श्रीमती १ छोरी र १ छोरा रहेका छन् ।
जिल्लामा योसँगै हालसम्म काेराेना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ ।
अर्घाखाँची जिल्लामा पछिल्लो समय काेराेनाका नयाँ संक्रमित दिन प्रतिदिन बढदै गएको छ ।