नरपानीमा तरकारी पकेट बिकास कार्यक्रम अन्तरगत कृषि सामाग्रीहरु हस्तान्तरण (फोटो सहित)


अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा तरकारी पकेट बिकाश कार्यक्रम अन्तरगत कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
नरपानीमा आयोजित सामाग्री हस्तान्तरणमा कार्यक्रममा वडाअध्यक्ष कृष्ण बहादुर आचार्य वार्ड न. १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले वडा न.६ को ग्रामीण बिकास कृषि सहकारी संस्था लाई संयुक्त रुपमा कृषि सामाग्री हरु हस्तान्तरण गर्नु भएको थियो ।
कृषक हरु लाई आबस्यक पर्ने ३० थान हाते ट्याक्टर ,४५ थान त्रिपल ,३० थान ट्नेल,२ थान पावर स्प्रेयर, डिजिटल काटा, फरुवा, कोदाला, स्प्रीङ्कल , हाते हजारी, किट नासक औंषधि, बिउमल तथा फेरोम्यान ट्याब लगातार का अत्यावश्यक सामाग्री हरु बितरण गरिएको थियो ।
सन्धिखर्क नगरपालिका तरकारी पकेट बिकास कार्यक्रम अन्तरगत बिनियोजित रकम बाट उक्त सामाग्री हरु खरिद गरि कृषकहरुलाई हस्तान्तरण गरिएको सन्धिखर्क नगरपालिका कृषि शाखा का प्रमुख राजेन्द्र भट्टराईले जानकारी गराउनु भएको छ।     

अन्य समाचारहरु