सन्धिखर्कका गोबिन्दको व्यस्तता | ड्युटीबाट बचेको समय पशुपालनमा, भन्छन् पसिना बगाए राम्रै फल पाइन्छ


केशवराज ज्ञवाली | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पसिना बगाउन धौ मानेर जागिरको मात्र भर पर्ने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन् एक सफल युवा व्यबसायी गोबिन्द जि. सी. । 
मेहनती गोबिन्दले सन्धिखर्क पुल्चोकमा गाई, भैंसी  तथा कुखुरापालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । जिबनमा फुर्सद निकालेर गफ चुट्नुको सट्टा युवा अबस्थाको उर्जा प्रयोगमा ल्याए भबिस्यमा सुख पनि मिल्ने र आर्थिक समृद्धि पनि हुने उनको भनाइ छ । 
पुल्चोकमा रहेको राधा कृषि तथा पशुपंक्षी फर्मका संचालक जि. सी. सशस्त्र प्रहरीको हवल्दार पदबाट निबृत भएर इराक जाने सोच बनाएका थिए तर पछि बिदेश तिर लाग्नुभन्दा आफ्नै देशमा केही गर्छु भन्ने सोचले पशुपालन तर्फ लागेको बताउछन् । उनकी श्रीमति राधा पनि पेशाले शिक्षिका हुन् भने गोबिन्द आफू पनि राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्कमा सेक्युरिटी  गार्डको ड्युटी पनि गर्दछन् ।
दुबै जना जागिरे हुदाहुदै पनि अहिले उनको फर्ममा छ वटा दुहुना भैंसी, एउटा गाई र करिब एक सय पचास लोकल कुखुरा छन् । दूध, अन्डा र  कुखुराबाट मात्र मासिक एक लाख बढिको कारोबार गरेका जि.सी. परिवारका दुबै जनाको जागिरबाट आउने रकम पुर्ण बचत भएको उनिहरु बताउछन् ।
श्रीमान – श्रीमतिनै जागिरे हुदा आफ्नो फर्ममा  दुई देखि तीन जनालाइ पुर्ण रोजगारी दिएको र आफुहरु पनि जागिरबाट बचेको पुर्ण समय पशुपंक्षिको सेवामा खर्चिने गरेको गोबिन्दले बताए । 
उनले युवाहरुलाई  रोजगारिको लागि एता र उता भौतारिन भन्दा आफ्नो अगाडि जे संभब छ तेसैमा मन लगाएर पसिना खर्च  गरेमा प्रगती संभब हुने सल्लाह दिए ।
आफ्नै देशमा पसिना बगाएर पनि मनग्गे आम्दानी गर्न सकिन्छ। उनिसँगै उनका छोराहरु पनि आफ्नो पढाईलाई निरन्तरता दिदै आफ्नो बुवाको काममा पढाईको समय निकालेर काममा सघाउने गर्छन् । 
बि.सी. भन्छन् आफ्ना परिवारमा पनि सबै लगनशीलता हुने हो, अबस्य पनि जुनसुकै ब्यापार बिजनेस गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ। म एकलै सबै काम भ्याउन त सक्दैन ? आफ्नो ड्युटी पनि गर्नु पर्यो श्रीमतीले पनि आफ्नो जागिर गर्नुपर्यो छोराछोरीले पनि हामीलाई सहयोग गर्ने भएको कारणले यसरी हामि यो पेसामा सफल भएका छौ। यस्तै सबैका छोराछोरी असल भई दिए भने अबस्य पनि जुनसुकै काममा पनि सफल भैईन्छ।