अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमणका कारण अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका-११ डिभर्नाको श्री विजय माध्यमिक विधालयका २ जना शिक्षकको निधन भएको छ ।
डिभर्नाको श्री विजय माध्यमिक विधालयका २ जना शिक्षक ५२ वर्षिय टंक खनाल र ४८ वर्षिय गिर बहादुर राना भाटको कोरोना संक्रमणका कारण निधन भएको हो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरमपानी (गच्छे गैरा) निवासी गिर बहादुरको वैशाख २३ गते बिहीवार ससस्त्र प्रहरी अस्पताल काठमाडौं र मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहको खनार निवासी टंकको हिजो वैशाख २४ गते शुक्रबार भरतपुर कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उनिहरु दुवैजना स्थायी शिक्षक थिए ।
अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३१ जनाको ज्यान गएको छ ।