अर्घाखाँचीमा दिन प्रतिदिन कोरोना संक्रमित घटदै, आज २५ जना मात्र थपिए


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमित थपिएका छन् । जुन लकडाउन शुरु भएपछि पहिलो पटक कमी आएको हो । यसअगाडि ४० जना माथि दैनिक संक्रमित थपिएका थिए ।    
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४०४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८६ जना, भूमिकास्थान नगरपालिकामा १०२,  शितगंगा नगरपालिकामा १७,  मालारानी गाउँपालिकामा ३१, पाणिनी गाउँपालिकामा २२  र छत्रदेव गाउँपालिकामा ३० जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १,२१७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५७५  जना, भूमिकास्थान नगरपालिकामा २४६, शितगंगा नगरपालिकामा १२९, मालारानी गाउँपालिकामा १२५,  पाणिनी गाउँपालिकामा ५७  र छत्रदेव गाउँपालिकामा ८५  जना संक्रमित रहेका छन् ।   
जिल्लामा गत वर्षदेखि आजसम्म  ८०९  जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३८३  जना, भूमिकास्थान नगरपालिकामा १३९,  शितगंगा नगरपालिकामा ११०, मालारानी गाउँपालिकामा ८९,   पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५५ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३३ जनाको ज्यान गएको छ । 
शनिबार जिल्ला स्वास्थ्य कार्यालयको कोरोना विवरण यस्तो छ: