अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमित अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेकी एक युवती र सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङका एक युवाको निधन भएको छ ।
जलुकेकी २३ वर्षीय एक युवतीको आज आईतबार बिहान ४ बजे र खाँचीकोटको फुदवाङका मिस्त्री युवाको राती पाैने १ बजे अर्घाखाँची अस्पतालमै ज्यान गएको हो ।
अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३३ जनाको ज्यान गएको छ ।
फोटो: हरि प्रसाद भुसाल