अर्घाखाँची अस्पतालमा आजबाट १० शैयाको एचडियु सेवा शुरु | अब अक्सिजनको कारण कसैलाई बाहिर जान नपर्ने
बैशाख २६ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा १० शैयाको एचडियु सेवा सञ्चालनमा आएको छ ।
कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । जिल्लामै संक्रमितको उपचार सहज गराउन छोंटो समयमै भवन निर्माण गरेर एचडियु सेवा सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ । योसँगै अब कोरोना संक्रमितलाई अक्सिजनका लागि जिल्ला बाहिर लैजान नपर्ने भएको छ ।
संक्रमण पुष्टी भएका १४ जना संक्रमितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आईतवार बिहानसम्म अर्घाखाँचीमा चारसय ३० जना सक्रिय संक्रमित रहेका छन् ।