केशब खराल
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरका दुर्घटना तथा अन्य रोगबाट उपचार गर्न नसकेका ब्यक्तिहरुलाई एबल ग्रुप दोहा कतार कम्पनीले १५००० आर्थिक सहयोग गरेको छ ।
एबल ग्रुप दोहा कतार कम्पनीका म्यानेजर केशव खनाल मार्फत नेपालका सामाजिक अभियान्ता सुजन अधिकारी , लेख बहादुर भाट क्षेत्री लगायतका टीम, नवलपरासी जिल्ला बर्दघाट निर्धन उत्थान लगुबित्तिय संस्थाको शाखा म्यानेजर ,मालारानी गाउँपालिका वार्ड ६ का जनप्रतिनिधि सहितको टोलीले उक्त आर्थिक रकम हस्तान्तरण गरेका हुन् ।
केही समय अगाडि हंसपुरमा रुखबाट लडेर घाईते भएका सुन्तली खत्री र पूर्ण कला खनाललाई पाँच – पाँच हजार दिएको छ। यस्तै हंसपुरमा नै प्यारलाइसिज( दुवै खुट्टा नचल्ने) अवस्था रहेको बिरामी रामु अधिकारीको लागि ५००० दिएको थियो ।