भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाको पद धरापमा, माओवादी केन्द्रले ९ जनालाई स्पष्टीकरण माग्यो


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेकपा माओवादी केन्द्र अर्घाखाँचीले नेकपा एमालेमा लागेका भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापालाई स्पष्टीकरण मागेको छ । 
नेकपा माओवादी केन्द्र अर्घाखाँचीका संयोजक ठाकुर कुमार विकले  नेकपा एमालेमा लागेका नगर प्रमुख रेशम थापालाई ३ दिनभित्र लिखित स्पष्टीकरण मागेका हुन् । 
संयोजक  विकले थापालाई पार्टी त्यागेको हो कि होइेन, राजनीतिक अवस्थाको बारेमा ३ दिन भित्र लिखित स्पष्टीकरण दिन समय दिएका छन् ।  विकले हस्ताक्षरित स्पष्टिकरण पत्रमा नगरप्रमुख थापालाई पार्टीकाे नीति सिद्धान्त विपरित कार्य गरेकाे आराेप समेत लगाईएकाे छ ।
यस्तै स्पष्टीकरणमा पर्नेहरुमा भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापा बाहेक जिल्ला समन्वय समिति उपप्रमुख ऋषि वहादुर पुलामी, भुमिकास्थान नगरपालिका वार्ड नं. ३ का अध्यक्ष बालकृष्ण बञ्जाडे, शितगंगा नगरपालिका वार्ड  नं ९ का अध्यक्ष भिम वहादुर खत्री क्षेत्री, मालारानी गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष नारायण अर्याल, सन्धिखर्क नगरपालिका वार्ड नं. ९ का सदस्य विष्णु प्रसाद आचार्य र मनकला दमाई, सितगंगा नगरपालिका वार्ड नं ९ का सदस्य खुम वहादुर लुईचे रहेका छन् ।  
स्पष्टीकरणमा गत स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हसिया हथौडा चुनाब चिन्हबाट चुनाव जिते पश्चात मिति २०७५ जेष्ठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) विच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको र पार्टीको आन्तरिक विषयहरुमा विवाद चुलिए पछि सर्वाेच्चमा रिट परेको र सर्वाेच्चको निर्णय अनुसार पुन साविकको पार्टीमा फर्किन पर्ने अवस्था आए पछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विधि, विधान र पद्धति अनुसार नचलेको र पार्टी हित विपरीत गतिविधि गरेको भन्दै ९ जनालाई तीन दिन भित्र जवाफ पठाउन भनि स्पस्टीकरण पत्र पठाएको छ ।
३ दिन भित्र लिखित स्पष्टीकरण नदिएमा राजनीतिक दल सम्वन्धी ऐन २०७३ र राजनीतिक दल सम्वन्धी नियमावली  २०७३ बमोजिम कारवाही गर्ने विज्ञप्तिमा बताईएको छ। सो पछि नियमावली अनुसार माओवादी केन्द्र अर्घाखाँचीले नगरप्रमुखबाट हटाउने छ । 
उता नगरप्रमुख थापाले “हाे, २४ गतेकाे मितिकाे पत्र आज गेटमा छाेड्नुभएकाे रहेछ । यस्ताे खालकाे पत्र मेराे लागि चासाेकाे विषय हाेईन” भनी प्रतिकिया दिएका छन् । उनले स्पष्टीकरण नदिने पनि उल्लेख गरेका छन् ।  
उता यस अगाडि एमालेमा लागेका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेकपा एमालेका माेर्चा संगठन ईन्चार्ज टोपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्काको पद गएको छ । 

अन्य समाचारहरु