बाँगीकी एक महिलाको कोरोना संक्रमणका कारण अर्घाखाँची अस्पतालमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमित अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीकी एक महिलाको  निधन भएको छ ।   
बाँगीकी ५८ वर्षिया विष्णु कुमारी महतकाे अर्घाखाँची अस्पतालमा गएराती निधन भएको हो ।
उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या भई आईतबार अपरान्ह ४ बजे अर्घाखाँची अस्पतालमा भर्ना गरिएको थियो । साथै उनको काेराेना रिपोर्ट पाेजेटिभ आएको छ । 
उता अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३४ जनाको ज्यान गएको छ ।
फोटो: हरि प्रसाद भुसाल