अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको जिल्ला अस्पताललाई एकथान डिस्पेन्सर र ३० जार पिउने पानी हस्तान्तरण गरिएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जिल्ला अस्पताल अर्घाखाँचीमा संक्रमित बिरामी र बिरामी कुरूवाहरूलाई लक्षित गरि तातो-चिसाे पानी पिउने व्यवस्थाकाे लागि एकथान डिस्पेन्सर र ३० जार पिउने पानी हस्तान्तरण गरेको हो ।
डिस्पेन्सर र ३० जार पिउने पानी जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गाैतमलाई हस्तान्तरण गरिएको थियो ।
साथै यसका लागि खेलकुद महासंघका केन्द्रीय सदस्य तथा एकेडेमीका जिल्ला अध्यक्ष, महासंघका केन्द्रीय सदस्य हेनरी बस्नेत, एकेडेमीका जिल्ला सदस्य विनाेद बस्नेत लगायतले सहजिकरण गरेका थिए ।