रोमन आचार्य इमेज च्यानल
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कुनै पनि हालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने तयारीमा जुटेका छन् ।
देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।
मधेशका मुद्दामा ध्यान नदिइ एक पक्षलाई मात्र चेप्ने काम भएमा नयाँ सरकार र चुनावी सरकारको नेतृत्व पनि देउवाको हातबाट फुस्किने उहाँको भनाइ छ ।
देउवाले प्रधानमन्त्री पद दिनेमा आफूहरू विश्वस्त हुन नसकेको बताउँदै ती नेताले प्रधानमन्त्री पदको ललिपपमा नफस्नेमा जोड दिनुभयो । ‘प्रधानमन्त्री दिन्छौं भनेर ललिपप देखाएका हुन्,’ उहाँले भन्नुभयो, ‘तर हामी अब ललिपपमा फस्नेवाला छैनौं ।’
यस्तै उहाँले नयाँ सरकारको पक्षमा आफूहरू नरहेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ नपुर्याएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जाल र समाचारहरूमा आएजस्तो राष्ट्रपति कहाँ पत्र नपुर्याएको जानकारी दिनुभयो ।
यद्यपि कांग्रेस, माओवादी र जसपाका केही नेताको गठबन्धबाट बहुमत पुगेको पत्र राष्ट्रपतिकहाँ पुगेपछि भने पत्र पठाउने तयारीमा रहेको खुलासा गर्नुभयो ।
‘हामीले अहिलेसम्म राष्ट्रपतिलाई पत्र बुझाएका छैनौं,’ उहाँले भन्नुभयो, ‘गठबन्धनके बहुमत पुगेको पत्र आउने बित्तिकै समर्थन नरहेको पत्र बझुाउने हाम्रो तयारी भइसक्यो ।’