अर्घाखाँचीमा काेराेना स्थिती भयबह | आजै संक्रमणका कारण २ जनाको निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा काेराेना संक्रमणका कारण २ जनाको निधन भएको छ ।
पत्रकार तथा राजनीतिक विश्लेषक हरि प्रसाद भुसालले अर्घाखाँचीडट्कमलाई  दिएको जानकारी अनुसार काेराेना संक्रमणका कारण निधन हुनेमा मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनका नेपाल निजामती कर्मचारी यूनियन अर्घाखाँचीका उपाध्यक्ष तथा डिभिजन वन कार्यालय अर्घाखाँचीमा कार्यरत ४२ वर्षिय लक्ष्मण खनाल, सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका ५३ वर्षिय दिनानाथ नेपाली रहेका छन् । 
लक्ष्मण खनाललाई वैशाख २१ गते पोजेटिभ रिपोर्ट आएकोमा वैशाख २१ देखि २५ सम्म घरमै आइसोलेसन बसी वैशाख २६ गते जिल्ला अस्पतालमा भर्ना भएका थिए । उनको आज मंगलवार १२ः३० बजे निधन भएको हो । 
यस्तै खाँचीकोटका दिनानाथ नेपाली वैशाख २० गते जिल्ला अस्पताल भर्ना भएका थिए । उनको वैशाख २१ गते पोजेटिभ थियो । भने आज मंगलवार बिहान ३ः१० बजे निधन भएको हो । 
साथै सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ की २८ वर्षीया तुल्सि मुखियाको आज मंगलवार बिहान साढे पाँच बजे अस्पताल भर्ना भएकी थिईन् । उनको आज अपरान्ह ४ वजेतिर निधन हो ।  उनको कोरोना  परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको  छ । उनलाई मिर्गौला र फोक्सो सम्बन्धी रोगको समस्या रहेको बताइएको छ ।  
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय अर्घाखाँचीमा काेराेना संक्रमणका कारण मर्नेहरुको संख्या बढेको छ ।                
उता जिल्लामा  काेराेना संक्रमणका कारण गत वर्षदेखि आजसम्म ३४ जनाको ज्यान गएको छ ।