०५८/५९ मा माओवादीकाे चहलपहल जिल्लामा बढ्दाे थियाे। गाउँ तहसम्म भुमिगत सङ्गठनहरु निर्माण भएका थिए। त्यति बेलाकाे माओवादी नाम उत्पिडनमा परेका दलित गरिब तथा बर्गिय विभेद अनि अन्यायमा परेकाहरुकाे पर्याबाचि नाम थियाे भने समानती तथा शाेषकहरुमा त्यहि नामले शरिरका रङहरुलाई ठाडाे बनाउने काम गर्दथ्याे। त्यसबेलाका लाेकप्रिय नारामा बुर्जुवा शिक्षाकाे अन्त्य, कथित जातिय बिभेदकाे उन्मुलन, गाेलमेच सम्मेलन, खेत जाेत्नेकाे घर पाेत्नेकाे, जुवा तास जाड रक्सि मुक्त समाज, जहानिय राजा शाषनकाे अन्त्य, महिला बिभेदिकरणकाेअन्त्य, कमलरि प्रथाकाे अन्त्य जस्ता विशेष गुन्जिने तथा भर लाग्दा नारामा पर्दथे।
काेहि जबर्जस्ती माओवादी बने भने धेरै नाराले लाेभ्याएर माओवादि बने। धेरैकाे चाहाना यी नारा पूरा भए भने स्वदेशमा केही हाेला उत्पिडनमा परेकाहरुलाई न्याय पाईएला भन्ने ठुलाे आशा थियाे। त्यसरि बिगुल फुक्दै ज्यान हत्केलामा राखेर अरुकाे लागि भाेक-प्यास नभनि एउटा युवा तप्का हिडेकाे देख्दा अर्काे युवाकाे मन नलाेभिने कुरै भएन अनि त्यसताकाका क्रान्तिकारी प्रशिक्षण कम्ता जनवादि हुने थिएनन। लाग्थ्यो प्रशिक्षण सिध्याउने बित्तिकै हाेल्ड टाईमर बनेर हिडाैं अनि यहि पुस्ताले देशमा शान्ति अमनचयन पाउन अनि सबैले गरि खाने वातावरण बनाेस। बिकासकाे मुल फुटाेस भन्ने लाग्थ्यो। अखिल क्रान्तिकारी जिल्ला संयाेजक केशब आचार्यकाे एउटा भाषणले अहिले पनि मेराे मानसपटलमा हलचल ल्याउने गर्दछ भने त्याे बेला पनि भिन्न प्रकारकाे साेचकाे बिकास भएकाे थियाे। एउटा आमसभामा भाषण गर्दै “तपाईंहरुले पढ्दै गरेकाे शिक्षाले SLC पास गरि सकेपछि घडिकाे पिन हाल्न सक्नु हुन्छ?? उहाँको प्रश्न थियाे? अनि उत्तरमा सबैका मुन्टा हल्लिए। अनि “कमरेड केशबकाे भाषण अनवरत चलिरहेको थियाे, म संस्थागत बिद्यालयकाे बिद्यार्थी भएकाे नाताले म क्रान्तिकारी सङ्गठनकाे तगाराे पर्ने शैक्षिक संस्थामा पर्दथे। अनि भाषणकै क्रममा Slc पास गरेपछि स्वराेजगारि बन्ने खालकाे शिक्षा अध्ययन गर्नु गराउनु पर्छ, हामि याेग्यता अनुसारको शिक्षा अनिवार्य गर्नकाे लागि पनि हाम्राे जनयुद्ध चलेकाे हाे। यसमा तपाईंहरुकाे साथ समर्थनकाे खाचाे पर्दछ। जुन हाम्राे सत्ता प्राप्ति पछि प्रकृयामा जानेछ। यसरी चलेकाे एउटा ऐतिहासिक जनयुद्धलाई नेतृत्व गरेर लैजाने हाे र स्नातक तहकाे अध्ययन गरेका विद्यार्थीले जागिर खाेज्न नपराेस, जागिरले तपाईंलाई खाेज्ने वातावरण बनाेस, तपाईं प्रबिधिक हिसाबले पनि तयार भएकाे हुनु पर्छ। मानाै कि हाम्राे शिक्षा घाेकन्ते विद्या नभएर व्यबहारमुखि बन्न सकाेस भन्ने हाम्राे मुद्दा हाे”भन्दै भाषण गर्दा मेराे मनमा त्याे भाषण बसेकाे थियाे। अनि साहु महाजन बाट चर्काे ब्याजमा लिएकाे ऋण मुक्त गराईने छ ऋण लिनै पर्ने अवस्थामा सस्ताे शुलभ ब्याजदरकाे ऋण नेपाल सरकार बाट प्राप्त हुनेछ। कामकाे प्रकृति हेरेर ऋण व्यवस्था गरिनेछ।” यस्तै प्रकृतिका भाषणहरुले आम जनमानसमा सकरात्मक साेच तथा आशा जागेकाे थियाे।
त्याे महान जनयुद्धकाे नेतृत्व गरेकाे माओवादिका जिल्लाका पुराना नेता हुन “टाेप बहादुर रायमाझी” उनि एउटा नेतृत्वदायि भुमिकामा थिए। त्यसताका जिल्लामा अग्र पंक्तिमा आउने नाम चन्द्रबहादुर खड्का र टाेपबहादुर रायमाझी हुन, तर कस्ताे बिडम्बना आज त्यहि नेतृत्व बिगतकाे आन्दोलनलाई चटक्कै बिर्सेर आफ्नाे निहित स्वार्थ वा चुनाब जित्ने रणनीतिक याेजनाका साथ नेकपा एमालेमा प्रवेश गरेकाे छ र पार्टिले दुबै जनाकाे पदच्युत गराईदिई सकेको छ। साथै टाेपबहादुर रायमाझी यतिबेला सरकारमा बहालवाला उर्जामन्त्री छन भने खड्कालाई कुनै जिम्मेवारी ताेकिएकाे छैन। समग्र जिल्लामा आफैंले स्कुलिङ्ग गरेर हुर्काएका कार्यकर्ताहरु अहिले केही मात्रै उनकाे पक्षमा खुलेर लागेका छन भने तल्लाे तहका कार्यकर्ता र असलि कार्यकर्ता माओवादीमा नै रहेका देखिन्छन।
झट्ट हेर्दा हाल सम्म भएका लगातार तीन वटा चुनाब आफ्नाे पाेल्टामा पार्न सफल नाम हाे टाेप बहादुर रायमाझी। पार्टी भित्र चलेको अन्तरसंघर्षका कारण प्रचण्ड/माधव पक्ष र ओलि पक्ष गरि दुई कित्तामा छुट्टिएकाे नेकपा अन्तत अदालतकाे सहायता बाट बिभाजन अर्थात पुर्बअवस्थामा पुगेकाे छ। यसरि कित्ता फरक गर्ने क्रम तिब्र रुपमा अगाडि बढे पछि अर्घाखाँचीका सांसद रायमाझी ओलिकाे प्यानलमा समाबेश भएर मन्त्री समेत हात पार्न सफल भएका छन। तर जिल्लाका पुराना कम्युनिस्ट नेता तथा कार्यकर्ताबाट उनकाे याे कार्य लाई रुचाईएकाे भने पाईएन। पार्टि पुर्ववत अवस्थामा पुग्दा माधव समूह एमालेमा फर्किदै गर्दा मन्त्री रायमाझी तथा खड्का भने ओेलि नेतृत्वकाे एमालेमा समाहित भए। तर यता उनलाई हुर्काउने, मलजल गर्न तथा यहाँ सम्म पुर्याउन अनेक दाउपेच लगाएका कार्यकर्ता, सहिद परिवार, अपांग तथा घाईते, बेपत्ता परिवार भने निकेै आक्राेशित देखिएका छन।
मन्त्री रायमाझीले जसरि पनि चुनाव जित्नकाे निमित्त कमजाेर भएका पार्टि सङ्गठनलाई सुधार गर्नुकाे साटाे बलियाे सङ्गठन भएकाे एमाले राेजेका छन। तर हिजाे २ पार्टि मिलेर हम्मे भएर चुनाव जितेकाे, आफू जनतामा अलाेकप्रिय बन्दै गरेकाे कुरा उनले बुझेनन वा बुझाईएन त्याे समयले देखाउला। कुनै पनि राजनितिक दलकाे कार्यकर्ताले बिचार भन्दा पदलाई ठुलाे ठान्छ भने सम्झिनाेस कि उ सक्कियाे। हिजाेकाे बिजय गच्छदार बन्न खाेज्नु ठुलाे मुर्खता पनि हाे। जब जनता र नेताकाे दुरि टाढा हुन्छ त्याे नेतृत्वलाई ऐजेरुले घेरेकाे आशंका गर्न सकिन्छ।
०६७/६८ काे भाैगाेलिक बिकासकाे तथ्यांकलाई हेर्दा नेपालमा धेरै ठाउमा बाटाे पुगेकाे पहिलाे जिल्ला अर्घाखाँची थियाे उक्त देन डा. बाबुराम भट्टराई र उनै टाेपबहादुरकै थियाे। जिल्लाले गर्बिलाे नेतृत्व पाएकाेमा जिल्ला खुसी थियाे तर बिस्तारै जिल्लामा बिचाैलिया सलबलाउनु, कार्यकर्ता र जनताका मुद्दा भन्दा जग्गा दलालका मुद्दा अग्रपंक्तिमा देखिनु उनकाे पतनकाे सुरुवात थियाे। जुन कुरा समय छदै सुधार्न सकेनन। स्थानिय निकाय नभएकाे बेला बजेट गाउमा पुर्याउन विभिन्न दलिय समिति खडा गरेर खर्च गर्ने गरिन्थ्यो अनि समिति जुनसुकै पार्टिका प्रतिनिधि भए पनि मिलेर खाने खर्च गर्ने डाेजर चलाउने चलन बढेर गयाे त्याे नै उनकाे जिल्ला सगकाे सम्बन्धमा असमन्जस्यता हुन पग्याे। उनले त्यसबेला देखिनै आफ्ना कार्यकर्ता सहि ठाउँमा छन वा गलत गर्दैछन भन्ने कुराकाे जानकारि त्याे बेला देखि नै थियाे हाेला तर उनले सुधारेनन वा सुधार्न सकेनन त्याे उनलाई मात्रै जानकारी हाेला वा जिल्ला तहकाे नेतृत्व जानकार हाेला। यसै क्रममा पाटिका कार्यकर्ता र बिचाैलिया हरु स्थानिय निकायकाे चुनावकाे मुखैमा एमाले प्रबेस गर्नु, टिकट पाउनु र चुनाब जित्नु त्याे समयकाे बिडम्बना थियाे।
मालारानी गाउँपालिका जहाँ माओवादीकाे पकड राम्राे हुंदा हुँदै पनि स्थानिय केही गलत कार्यकर्ता, चुनाब परिचालन कमिटिमा एकरुपता नहुनु, चलखेल गर्न पनि नसक्नु र नियमित काम गराउन पनि नसक्नु, काङ्ग्रेस संगकाे कार्यगत एकता जनताले नबुझ्नु, भाेट गर्ने तरिका बृद्ध तथा अशिक्षित आमा-बुवाहरुलाई सिकाउन नसक्नु, केही वडाका प्रतिनिधि परिपक्व नहुनु त्याे बेलाका कमजोरी हुन सक्छन।
रायमाझीले जिल्लामा ०६४ काे सबै भन्दा ठुलाे पाटि ०७४ सम्ममा आउदा तेस्राे स्थानमा झरेकाे आफ्नै आँखा अगाडि देखेका छन तर पनि उनले त्याे बिषय न त समीक्षा गरे न त छलफल अगाडि बडाए। उनी एक चतुर नेता भएकाे नाताले सङ्गठनकाे हिसाबले एमाले बलियाे रहकाे हुदा एमाले राेजेर एमाले प्रबेश गरेकाे अनुमान लगाउन सकिन्छ तर उनले त्यति पनि हेक्का लगाउन सकेनन कि हिजाे उनै रायमाझी बिपक्ष पाटिमा रहेर एमाले कार्यकर्तालाई भाैतिक आक्रमण सम्म गरेर दबाउन खाेज्दा पनि पाटिमा बिचलित नभई रहेका चेतनारायण आचार्य जस्ता कुटिल नेतृत्व छन र भाेलि मलाई त्याे नेतृत्वले महाधिवेशन बाट पाखा लगाउन सक्छ र चुनाब जित्न सक्दिन भन्ने अनुमान लगाउन नसक्नु र हालकाे फाईदा हेरेर ओलिकाे सिमित स्वार्थका कारण एमालेमा हाई-हाई भएकाे छु भन्ने साेच राख्नु ठुलाे भुल हुन सक्छ।
म एक शुभचिन्तककाे नाताले टाेपबहादुर रायमाझीले गरेकाे काम पटक्कै राम्राे हाेईन। हिज आफुले जन्माएका कार्यकर्ताले भाेलि कति सम्म असर गर्न सक्छन् भनेर आकलन गर्न जरुरि छ। बिगतकाे चुनाव लगभग दुई पाटि एक भए जस्तै देखिएकाे अवस्थामा चुनाव भएकाे थियाे। त्यसबेला माओवादी तथा एमालेका कार्यकर्ता बिच राम्राे सम्बन्ध थियाे र नतिजा त्यसै अनुसार आएकाे हाे यदि रायमाझीले त्यहि चुनाबकाे नतिजालाई आधार मान्ने हाे भने गलत विश्लेषण हुन सक्छ। तर अबकाे चुनाब भलै माओवादीले हार्ला तर टाेपबहादुर रायमाझीलाई पनि संगै हराउछ त्यसमा ढुक्क भए हुन्छ। यसबाट भाेलि फाईदा कसले कसरी लिन सक्छन त्याे सायले देखाउला। यदि कमरेड टाेपबहादुरले जान्ने हाे भने जनार्दन शर्माकाे शैली अपनाएर पुन जिल्ला फर्केर अबकाे चुनाबमा हाेमिदा चुनाब जित्न त्यति गार्हाे पनि हुदैन किनकि रायमाझीलाई माओवादीकै नेताकाे रुपमा जनताले हेर्न चाहान्छन। साथै प्रम ओलिले भने जस्ताे भाेलिका दिनमा हुने चुनाब दुई तिहाइ मत पाएर चुनाब जित्न खाेज्नु दिवा सपना मात्रै हाे।