सागर परियार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमाले नेपाल– खनाल पक्ष जिल्ला कमिटीका अध्यक्ष राम बहादुर चौहानले एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एमालेको महत्वपुर्ण भातृ संगठन युवा संघ नेपाल जिल्ला कमिटी अर्घाखाँचीको यहि २०७८ साल बैसाख २४, २५ र २६ गते लगातार तीन दिन सम्म बसेको विस्तारित बैठकबाट २ सय २१ सदस्यीय जिल्ला कमिटीको पुनर्गठन गर्न सफलता प्राप्त भएकोमा प्रशन्नता ब्यक्त गर्नु भएको छ ।
साथै उहाँले पनर्गठित युवा संघ नेपाल जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष पुष्कर पौडेल लगायतका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुलाई हार्दिक बधाई साथै उत्कृष्ट कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ ।
अध्यक्ष चौहानले पुनर्गठित युवा संघ नेपालका पदाधिकारी तथा सदस्यहरुलाई कोभिड १९ का विरुद्धमा, उद्धार र राहतको निम्ती आ आफ्नो ठाउँबाट सकृयतापुर्वक अघि बड्न अपिल समेत गर्नु भएको छ । उहाँले कोभिड १९ का कारण मृत्यु वरण गर्नु हुने सबै प्रति भावपुर्ण श्रद्धासुमन, परिवार तथा आफन्तजनहरुमा गहिरो समवेदना र कोभिड संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ ।
अध्यक्ष चौहानले नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र झलनाथ खनालको सफल नेतृत्वमा नेकपा एमाले सहित अन्य वामपंथी तथा लोकतान्त्रीक शक्तिहरुलाई एकिकृत गर्दै मुलुकलाई समृद्धि र विकासको दिशामा अघि बढाईने दृढता समेत ब्यक्त गर्नुभएको छ ।