उर्जा मन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्रीहरु पठाए
बैशाख २९ गते, २०७८ मा प्रकाशित
दिपक भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
मन्त्री रायमाझीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै आफ्नो गृह जिल्लाको लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका १२ थरिका स्वास्थ्य साम्रगी पठाएका हुन् ।
अर्घाखाँचीडट्कमलाई प्राप्त विवरण अनुसार जिल्लालाई २३ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिम १८०० थान, एन्जिट ४०० थान, सर्जिकल माक्स २७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिड ५० थान स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
यस बाहेक पुन: आवश्यक स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउने बताएका छन् । मन्त्री रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।
अर्घाखाँचीमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दो रहेको र श्रोतसाधनले थेग्ने अवस्था नरहेको बताइएको बेला उर्जा टोपबहादुर रायमाझीले ठुलो परिणाममा स्वास्थ्य सामाग्रीहरु जिल्लालाई उपलब्ध गराएका हुन् ।
मन्त्री रायमाझी वैशाख १३ गते सोमबार कोरोना संक्रमण भएपछि काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई वैशाख २० गते सोमबार डिस्चार्ज भएका थिए । उनको ११ दिनपछि वैशाख २३ बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।