अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी ( विप्लव) निकट अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोको समन्वयमा अर्घाखाँची जिल्लामा कोरोना भाइरसबाट बच्ने र बचाउने जनसचेतना मुलुक कार्यक्रम गरेका छन्।
अखिल क्रान्तिकारीले अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
अखिल (क्रान्तिकारी) अर्घाखाँचीका अध्यक्ष बाबुराम एस के को नेतृत्वमा पदम नेपाली, गिरिजा खड्का, सुनिल नेपाली,रचना बिक, गिता नेपाली सहित गएको टोलीले जिल्लाका अलिवढी मानिसहरुको चहलपहल हुने ठाउँहरु शान्ती बगैंचा, जिल्ला हस्पिटल, टुडिखेल, पाणिनी चोक, ढाकावाङ्ग, भक्तिटोला लागाएतका ठाउँहरुमा प्रदर्शन गरेको छ ।
ब्यानरमा अहिले नयाँ भेरियन्ट सहित आएको कोरोना भाइरस (कोभिड-१९) का लक्षणहरु, कोरोनाबाट बच्ने तरिका हरु, होम आइसोलेसनमा बस्नु भएका संक्रमितलाई अनुरोध गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष बाबुराम नेपाली नेतृत्वमा जिल्लामा जनस्वयंसेवक गठन गरि स्वास्थ्य सामग्री मास्र्क सेनिटाइजर लगायतका सामाग्री वितरण गर्दै कोभिड-१९ बाट बच्न र बचाउन अपिल गर्दै सार्वजनिक ठाँउहरुमा जनचेतनामूलक ब्यानर टासिंएको संगठनका जिल्ला सचिब गिरिजा खड्काले बताए ।
क्रान्तिकारी लुम्बिनी ब्युरो अन्तर्गतका रुपन्देही ,कपिलवस्तु लगायतका जिल्लाहरुमा कोभिड(१९ विरुद्धको बच्न र बचाउन विद्यार्थीहरुले सचेतना मुलुक व्यानर टागेका छ्न् ।