अर्घाखाँची अस्पतालकाे अध्यक्षमा श्रीकृष्ण भुसाल र सदस्यमा मेनुका पाैडेल नियुक्त


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालकाे अध्यक्षमा श्रीकृष्ण भुसाल र सदस्यमा मेनुका पाैडेल नियुक्त भएका छन् । 
लुम्बिनी प्रदेश सरकारकाे मन्त्रीपरिषदले शुक्रबार गरेको निर्णय अनुसार अर्घाखाँची जिल्ला अस्पतालकाे अध्यक्षमा श्रीकृष्ण भुसाल र सदस्यमा मेनुका पाैडेल नियुक्त भएका हुन् । 
श्रीकृष्ण भुसाल नेपाल कम्युनिस्ट पाटी (एमाले )जिल्ला कमिटी सचिवालय सदस्य तथा सन्धिखर्क नगर कमिटीका अध्यक्ष तथा  मेनुका पौडेल नेकपा एमाले महिला नेत्री  तथा अनेम संघ सन्धिखर्क नगरकमिटी अध्यक्ष हुन् ।