अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसका पार्टी सभापति विष्णु (मुस्कान ) खनाल लाई कोरोना एन्टिजेन पोजेटिभ रिपोर्ट आएको छ ।
केहि दिन यता स्वास्थ्यमा समस्या आएर घरमै आरम गर्नुभएका सभापति मुस्कानलाई स्वस्थ्यमा थप समस्या आएपछि पहिलो चरणमा एन्टिजेन परिक्षण गराउँदा पोजेटिभ आएको बताईएको छ ।
आज पिसिआर पनि गरिएको छ । त्यसको रिपोर्ट भोली आउने सामाजिक संजाल बाट जानकारी गराउनुभएको छ ।साथै मुस्कानले सबैमा स्वास्थ्य मापदण्ड अपनाउन समेत आग्रह गर्नुभएको छ ।