अर्घाखाँचीमा स्वास्थ्य सामाग्री र व्यवस्थापनकाे लागि लुम्बिनी प्रदेश सरकारले १५ लाख दिने


अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्वास्थ्य सामाग्री र व्यवस्थापन गर्नकाे लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बिनियाेजन गरेकाे छ। 
जिल्लामा तत्काल अत्याबश्यक स्वास्थ्य सामाग्री र व्यवस्थापन गर्नकाे लागि लुम्बिनी प्रदेश सरकारले शुक्रबार रु १५ लाख बिनियाेजन गरेकाे हो ।  
काेराेना भाईरसकाे संक्रमणकाे राेकथाम संक्रमितकाे पहिचान र उपचारकाे लागि आबश्यक कार्य गर्न प्रदेश सरकारले जिल्ला अस्पताल र स्वास्थ्य कार्यलयलाई रकम उपलब्ध गराउने भएकाे छ ।
जिल्ला अस्पताल अर्घाखाँचीलाई १० लाख र स्वास्थ्य कार्यालयलाई ५ लाखकाे दरले रकम उपलब्ध गराउने निर्णय गरेकाे हाे । 
काेराेना महामारीका लागि जिल्लामा अत्यावश्यक सेवा प्रवाह र व्यवस्थापन लगायतमा उक्त रकम खर्च हुने आन्तरिक मामिला तथा कानुन मन्त्री  चेतनारायण आचार्यकाे सचिवालयले जानकारी दिएकाे छ।