अर्घाखाँची अस्पतालका संक्रमित बिरामीलाई घिमिरेले बिहान-बेलुका १ महिनासम्म खाना खुवाउने


नवीन रसाइली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालको एचडियुमा उपचारर्थ  कोरोना संक्रमित बिरामीलाई उद्योग व्यापार संघका जिल्ला अध्यक्ष वेदराज घिमिरेले बिहान बेलुका नि:शुल्क खाना उपलब्ध गराउनुहुने  भएको छ । 
अर्घाखाँची जिल्ला अस्पतालको एचडियुमा उपचारर्थ  कोरोना संक्रमित बिरामीलाई खानाको उचित व्यवस्थापन नभएको महशुस गरि घिमिरे किराना पसलका प्रो. सामुदायिक रेडियो सुर्योदय एफएम सञ्चालन व्यवस्थापन समितिका उपाध्यक्ष तथा उद्योग व्यापार संघका जिल्ला अध्यक्ष वेदराज घिमिरेले ज्येष्ठ १ गतेदेखि ज्येष्ठ मसान्तसम्म नि:शुल्क खाना उपलब्ध गराउनुहुने  भएको हो । 
अर्घाखाँची जिल्ला अस्पतालको एचडियुमा भर्ना भई उपचार गराई रहेका बिरामीलाई बिहान बेलुका नि:शुल्क खाना खुवाउने बताउनुभएको छ ।