अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले पदभार ग्रहण गरेका छन् ।
सन्धिखर्क नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आईतबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । उनलाई एक कार्यकम बीच नगरपालिकामा स्वागत गरिएको थियो ।
उता सन्धिखर्क नगरपालिकामा झन्डै १ वर्षकाे रूपमा प्रमुख प्रशासकीय अधिकृत कार्यरत कृष्णप्रसाद सापकोटा रूपन्देहीकाे जिल्ला समन्वय समितिमामा सरूवा भएका छन् । उनलाई एक कार्यकम बीच विदाई गरिएको थियो ।
साथै अर्यालले नगरपालिकाका पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक विकासलाई प्राथमिकता दिएर कार्य गर्ने बताए । उनले भने; सन्धिखर्कबासीको माग र चाहना बमोजिमका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर काम गरिने छ । पूर्बाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, कृषि, पशु, वन, सुशासन, सेवा प्रवाह, लगायतका क्षेत्रलाई प्राथमिकता दिईने छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले विकास निर्माण र सेवा प्रवाहका कामलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि आवश्यक कार्य गरिने पनि बताए ।